प्रमोद भट्ट/पोष्टपाटि
बिश्वास नै सम्बन्ध टिकाउने सबैभन्दा ठूलो आधार हो , तर सम्बन्धलाई बिश्वासको आधार बनाएर छेदबिच्छेद पार्नेहरू कम रहेनछन् यहाँ । यस्तै पिडाबाट पिडीत भयौ म लगाएत मेरा साथीहरू …
सन २०१३ मा मलेसिया भित्रीएको म पैसाको पछि भाग्दा भाग्दै २०१७ अन्तिम भएको पत्तै भएन् । यसै क्रममा कामको सिलसिलामा धेरै साथीहरू बने, बनाईए कति हाई, हेल्लो मै सिमीत रहे । कतिले मन छोए, अनि नजिक पनि भए ।
नजिक हुनेमध्यमै पर्थ्यो तेजकुमार पनि मेरो नजर राम्रो अनि बिश्वासिलो साथी बनेको थियो उ मेरो । आफ्नो आवश्यकता अनुसार निकै सरसापट पनि चलाईन्थ्यो । तर त्यहि सरसापटले नै आज सम्बन्धमा निकै ठूलो घाऊ बनाईदियो ।
अगस्ट ५, ६ तारिख दाइ घरबाट फोन आएको थियो । बुढी बिरामी भएको छ रे भन्दै थियो । मैले हतपत भनिहाले अस्पताल गएर जचाउनु भन न । फेरि १०,११ तारिख दाइ आजपनि घरबाट फोन आएको थियो बुढीलाई खासै सन्चो भएन रे पाठेघरमा समस्या छ रे अप्रेसन गर्नुपर्छ रे म नगईकन अप्रेशन नहुने भो भन्यो ।
उसले जानैपर्ने बाध्यता बताएपछि कम्पनीमा कुरा राखिदिए । तर कम्पनीले उसको भिसा अझै बाकी रहेको र तत्काल टिकट बनाउदा आरएम १६४० पछि फिर्ताहुने सर्तमा धरौटी राख्नुपर्ने वा एकजना मान्छे ग्यारेन्टी दिएर हस्ताक्षर गर्नुपर्ने बतायो । यदि कारणबस उ नआए त्यो रकम म तिर्छु भनेर हस्ताक्षर मैले गरिदिए ।
हतारमा घर जानुपर्ने अवस्था आएकाले उसँग पैसा थिएन । अन्तराम महरा, प्रविण भन्डारी, म भएर करिब आरएम ६,००० बराबर रकम ऋण काड्यौ । पछि घरबाट आएपछि फिर्ता गर्ने सर्तमा उसलाई दियौ । अगस्ट १८ तारिख दुई महिनाको छुट्टी तोकेर (अक्टोबर १८ तारिख) पुन: मलेसिया फर्कने टिकट उसलाई दिएर नेपाल पठायौ ।
उ नेपाल पुग्ने बित्तिकै अनलाइन देखियो कुरा भयो नया नम्बर पनि दियो । १ दिनमै घर सल्यान पुगेछ । मेसेजमा भोलि नै सदरमुकाम गएर अप्रेसन गराउने बतायो । समय चल्दै गयो आउने करिब एकसाता अघिसम्म कुरा हुदैथियो । त्यसपछि उसको खबर केही भएन् आउने दिनसम्म बाटो हेरेर बस्यौ । आउदैन होला भन्ने त लागेकै थिएन ।
अब नआउने नै भएछ कि भन्ने लागेर सम्पर्क गर्न खोज्यौ तर सम्पर्क भएन् एकजना मान्छेबाट उसको श्रिमतीको नम्बर पायौ । सम्पर्क गर्यौ । उ कहा छ ? किन नआएको भनेर सोध्दा उनले फोन काटिदिईन । र मोबाइल स्विच अफ गरिन् । त्यसपछि मैले उसको खोजी गर्दै गए । फेसबुकमा भेटिएका उसका छिमेकी बताए अनुसार उसको श्रिमती लाई त्यस्तो कुनै रोग नलागेको र अप्रेसन पनि नगरेको साथै तेजकुमार पनि घरमै भएको बताए ।
त्यसपछि म झसङ्ग भए । थाहा भयो म लगाएत मेरा साथी सबै ठगियौ । उ हाम्रो सम्पर्कमा आउदैन । उसको घर सल्यान हो श्रिनगर बजारबाट नजिकै पर्छ रे बाकी थाहा छैन । परदेशमा दुख गरेर कमाएको पैसा यसरी धोकेवाज साथीले धोका दिएर खायो । यसलाई सबैले चिनीराखौ ताकी हामी जसरी अरू कोहिपनी ठगिनु नपरोस् ।
ठग-तेज कुमार पुन पासपोर्ट नं – 06948832 घर-सल्यान नेपाल । (तलको तस्बिरमा ठग तेज कुमार पुन) ।
यदि कसैले यसलाई चिन्नुहुन्छ र भेट्टाउनू भयो भने मलाई सम्पर्क गरिदिनु होला ।
प्रमोद भट्ट (मलेसिया) +०६१४६६६५७२३
प्रतिक्रिया दिनुहोस