दिल निशानी मगर भन्छन, ‘यसपालिको चुनावी आइडल हिरो रेशम चौधरी हुन्’ (भिडियो)


कैलाली टिकापुरको चर्चित काण्डका प्रमुख योजनाकार मानिने रेशम चौधरीलाई लेखक तथा राजनीतिक विश्लेषक दिल निशानी मगरले हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावी आइडल भएको एक अन्तर्वार्तामा बताएका छन् । क्यानाडा नेपालले लिएको अन्तर्वार्तामा दिल निशानीले रेशम चौधरी लाई ‘हिरो अफ दि इलेक्सन’ को संज्ञा दिएका छन् ।

दिल निशानिले ठुला राष्ट्रिय मिडियाहरुले रेशम चौधरीलाई ओझेलमा पारेको आरोप लगाउदै अगाडी भनेका छन्, ‘मिडिया स्क्यान्डल गरेर, पैसा खर्च गरेर र सोसियल मिडियामा चर्चित भएर मात्रै चुनाव जितिदैन, यसको उदाहरण रेशम चौधरी हो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया हाउसमा कब्जा जमाएका रबिन्द्र मिश्रको चुनावी हार आर्को प्रतिकात्मक उदाहरण हो’ ।

राज्य, सारा ब्युरोक्रेसी, सुरक्षा कर्मीहरु रेशमको बिरुद्दमा हुँदाहुँदै पनि टिकापुरका जनताले उनलाई जिताएको उनको भनाइ छ । कानुनको नजरमा रेशम चौधरी अपराधि किटान भइसकेको थियो भने निर्वाचन आयोगले उहाको उम्मेदवारी किन लियो ? भन्दै राज्यलाई प्रश्न उठाउदै दिल निशानी अगाडी भन्छन, के यो देशमा थारुहरुले चुनाव लड्न मिल्दैन ? थारुहरुले जितमा खुसियाली मनाउन मिल्दैन ?

रेशम चौधरीले उम्मेदवार दिनु भन्दा पहिले माओबादी वा अन्य दलबाट उठ्न चाहेको र त्यसको लबिङमा समेत आफु सहभागी भएको बताएका छन् तर उनको प्रयास सफल नभएको र अन्तमा राजपाबाट उठेको समेत बताएका छन् ।

चुनावबाट हारेका रबिन्द्र मिश्रलाई कटाक्ष गर्दै दिल निशानिले भने, उनि संग कुनै एजेन्डा छैन, उनलाई यस्तो लागेको छ कि आफु बिना देशको निकाश रोकिएको छ, उनलाई आफु विद्वान हुँ भन्ने घमण्ड छ, त्यसकारण चुनाव हार्नु भएको हो ।

हेर्नुहोस क्यानाडा नेपालमा दिल निशानिको मगरको अन्तर्वार्ता :-

२०७४ पुष ५ गते १३:१९ मा प्रकाशित

५ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको