बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी ।


संखुवासभा– संखुवासभाको चैनपुरमा अज्ञात समूहले गाडीमा आगजनी गरेका छन् । आइतबार राति करिब २ बजे को१ज २१२३ नं. को ल्याण्डरोभर गाडीमा आगजनी गरेको हो । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो ।

गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन । आगजनी गर्नेहरुको खोजी कार्य भइरहेको इन्सपेक्टर वेदप्रसाद गौतमले बताए । उक्त गाडी बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

४ मंसिर २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको