नेपाली समुदाय युएईले दुबईमा दीपावली मनायो


पोष्टपाटी-दुवई युएई, स्वदेशमा दिपावलीको रमझम चलिरहेको वेला नेपाली समुदाय युएईले पनि दिपावली मनाएको छ । शुक्रवारको दिन दुबईको जेविल पार्कमा नेपाली समुदाय युएईले विभिन्न कार्यक्रमको आयोजना गरि दिपावली मनाएको हो ।

कार्यक्रममा विभिन्न सामाजिक कार्यमा संलग्न ब्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा समाजले दिउसी भैलो खेलेको थियो । युएईका चर्चित कलाकार सन्ध्या सुस्केरा लामा र सुरेन्द्र लामा लगायतका कलाकारहरुको उपस्थितिले देउसीभैलो खेल्दाको रौनक भिन्नै थियो । देउसीभैलो कार्यक्रम लगत्तै महिला र पुरुष कलाकारहरुको विचमा चलेको दोहोरीको जुहारी पनि कम हेर्न लायक थिएन । युएईका नेपालीहरुको विचमा उदाहरणीय संस्थाको रुपमा सुपरिचित नेपाली समुदाय युएईले आफ्नो स्थापनाकाल देखि नै बिभिन्न सामाजिक कार्यहरुमा अग्रणी भुमिका निभाउदै आएको छ ।

कार्यक्रमका केहि झलकहरु

 

२०७४ कार्तिक ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको