मधेसमा राजपाले खाता खोल्यो : मेयर-उपमेयरमा विजयी


जनकपुर- धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको विजय भएको छ । राजपाका उम्मेदवार मेयर रामज्ञान मण्डल र उपमेयर रेणुदेवी झा विजयी भएका छन्।

मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्।

मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन्।

४ आश्विन २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको