एमालेको गढमा घाम अस्ताउदा माओवादी केन्द्रको सानदार जित


काठमाडौं । एमालेको गढको रुपमा मानिने साविकको ठोरी गाउँ विकास समिति रहेको अहिलेको ठोरी गाउँपालिका वडा नं १ र २ मा एमाले पराजीत भएको छ । मंगलबार राती सार्वजनिक भएको वडा नं २ को मत परिणाममा पनि एमाले पराजीत भएपछि साविकको ठोरी गाउँपालिकाका अन्य दलका नेता तथा कार्यकर्ताहरु साविकको ठोरीमा घाम अस्तायो’ भन्दै व्यङ्ग्य गर्न थालेका छन् ।

ठोरी गाउँपालिका-१ बाट माओवादी केन्द्रका रामप्रकाश कुँवर यस अघि नै वडा अध्यक्षमा बिजयी भईसकेका छन् । कुँवरले ६०८ मत ल्याउँदै बिजयी भएका हुन् । वडा अध्यक्षमा कुँवरलाई कांग्रेसले समर्थन गरेको थियो । कुँवरका प्रतिद्वन्द्वी एमालेका मीनबहादुर गुरुङले ४ सय ४१ मत ल्याएका छन् । कुंवरले गुरुङलाई १६७ मतले पराजित गरेका हुन् ।

कुँवर सहित कांग्रेस(माओवादी गठबन्धनको प्यानलले जित हासिल गरेको छ । खुल्ला सदस्यमा कांग्रेसका भक्तबहादुर आलेले ४९९ मत ल्याई जितेका छन् । यस्तै सदस्यमा कांग्रेसका रबिन तिमिल्सिना ५१० मत ल्याई जितेका छन् । महिला सदस्यमा माओबादी केन्द्रकी मैना भण्डारीले ५८२ मत ल्याई जित हात पारेकी छिन् । यस्तै दलित महिला सदस्यमा माओवादी केन्द्रकी दिलमाया सुनारले ५५४ जित हातपारेका छन् ।

त्यस्तै, वडा नं २ मा नेपाली काँग्रेसका किशोर तामाङ नेतृत्वको प्यानल नै बिजयी बनेको छ । तामाङले कूल ५ सय ५७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका नरबहादुर क्षेत्रीको ४ सय ४७ मत आएको छ । सदस्यहरुमा चालिमाया गुरुङ, कृष्ण सापकोटा र श्यामहरि शर्मा विजयी भएका छन् । दलित महिलातर्फ भने सरिता विश्वकर्मा विजयी भएका छन् ।

४ आश्विन २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको