वीरगञ्जमा अघि लाग्यो राजपा


असोज ४ –प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको अहिले सम्मको मत गणना अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) अघि रहेको छ। मंगलबार दिउँसोदेखि सुरु भएको विरगन्जको मत गणना सुस्त गतिमा भैरहेको छ ।

यसअघिको परिणाममा कांग्रेस अघि रहेको थियो तर अहिलेको ताजा मत परिणाम अनुसार राजपा अगाडी रहेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।

राजपाका मेयर राजेशमान सिंहको अहिले सम्मको मत १२३९ छ भने उपमेयर रम्भा मिश्रको अहिले सम्मको मत ७०१ रहेको छ। त्यसै गरि काँग्रेसका मेयर अजयकुमार द्विवेदीको ९६६ मत, उपमेयर शान्ति कार्कीको ८७३ रहेको छ ।

संघीय समाजवादी फोरम नेपाल मेयर विजयी सरावगीको ४७६ मत, उपमेयर पिंकी यादवको ३४८ मत रहेको छ ।

माओवादी केन्द्र मेयर रहबर अन्सारीको ४०९ मत र उपमेयर दुर्गा क्षेत्रीको २५४ मत रहेको छ ।

नेकपा एमाले मेयर बसुरुद्दिन अन्सारीको ३२५ मत रहेको छ । फोरम लोकतान्त्रिक मेयर विमल श्रीवास्तवको २९३ मत रहेको छ ।

मत गणना अझै जारि छ !

४ आश्विन २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको