बाढीपिडितलाई उद्दार गर्न ‘संयुक्त संयन्त्र युएईको सहयोग अपिल’


पोष्टपाटी/युएई

अविरल बाढीका कारण जलमग्न भएको मधेश अझै डुबेको छ। हिजो पहाड भूकम्पले पुरिंदा मधेश उठेको थियो, आज मधेश डुब्दा पहाड जुट्नु पर्छ, परदेश उठ्नु पर्छ। यतिबेला परदेश पुगेका बिश्व भरका नेपाली मनहरु जुटेका छन्।

खाडी मुलुक युएईमा क्रियाशील विभिन्न संस्थाहरुको समन्वयमा “बाढीपिडित राहात उद्दार संयुक्त संयन्त्र युएई” गठन गरि आर्थिक सङ्कलन अभियानमा जुटेका छन्। युएईमा रहेका केहि संस्थाहरु एक्ला एक्लै उद्दार कार्यमा जुटेको बेला युएईमा रहेका बिभिन्न ४६ वटा संघ संस्थाहरु संयुक्त संयन्त्र बनाएर अघि बढेका छन्।

पछिल्लो समय युएइका संस्थाहरु बीच देखिने अन्तर कलहबाट माथि उठेर संस्थाहरु एउटै संयन्त्रमा गोलबन्द हुँदै मधेशको दुखि रहेको घाउमा मलम पट्टि लगाउन हातमा हात समाएर जुटेका छन्। यसरि देश डुब्दा प्रवासका संस्थाहरु आपसमा मिलेर सामुहिक सहकार्य द्वारा मधेशको उद्दार कार्यमा जुट्दा युएई बासिहरुलाई सकारात्मक संदेश मिलेको पनि छ।

नेपाली समाज युएईका नि-वर्तमान अध्यक्ष सिपि सापकोटाको नेतृत्वमा रहेको उद्दार संयुक्त संयन्त्र युएईले बाढीपिडितका लागि पहिलो किस्तामा ४ लाख बाढी प्रबाभित जिल्लामा पठाई सकेको छ। बाढीपिडितलार्इ आर्थिक सहयोग गर्नको लागी युएर्इमा बनेको बाढीपिडित राहात उद्दार सयुक्त समयन्त्रले गत शनिबार बाढी प्रभाबित जिल्लाहरूमा पहिलो किस्ता मै ४ लाख पठाएको हो, अझै राहत संकलनमा ब्यस्त छ।

बाढीपिडित राहात उद्दार संयुक्त संयन्त्र युएईले सम्पूर्ण युएई रोजगारमा रहेका नेपालीहरुलाई सहयोग गर्न बिज्ञप्ति मार्फत आग्रह गरेको छ। बिज्ञप्तिमा भनिएको छ “नेपालको केहि जिल्लाहरुमा पर्न गएको दैविक प्रकोपमा परेका पीडितहरुको पिडामा केहिहद सम्म भयपनि मल्हम लगाउने हाम्रो यो प्रयासमा सम्पूर्ण युएइबासी बुवा आमा दाजु भाइ तथा दिदि बहिनिहरु समक्ष “बाढी पिडित राहत उद्दार संयुक्त संयन्त्र युएइ” सहयोगको लागि हार्दिक अनुरोध गर्दछ।”

राहत संकलन समितिका उप-संयोजक तथा सचिब गोबिन्द ढकालले पोष्टपाटी संग भने “बाढी पिडितका नाममा उठेको सम्पूर्ण रकम पिडितहरु समक्ष पुर्याउने छौ र उठेको रकमलाई पारदर्शीता बनाउन राहत संकलन तथा वितरण अनुगमन समिति बनाइएको छ, उक्त समितिले सम्पूर्ण रकमको खर्च विवरण सबै सामु स्पस्ट पार्ने छ”

आउनुहोस् फेरी एक पटक डुबेको मधेशलाइ उद्दार गरौ, तसर्थ सहयोग गर्न चाहाने दयालु हातहरुले उल्लेखित व्यक्तिहरु संग सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ। तपाईको सानो सहयोगले सिंगो मधेश उद्दार हुनेछ।

१) चन्द्र प्रसाद सापकोटा – ०५५३९९३६५९ – संयोजक राहत संकलन समिति 
२) गोविन्द ढकाल – ०५५३८७९१८६ उप-संयोजक राहत संकलन समिति/सदश्य सचिब 
३) पासांग शेर्पा – ०५०३१२३९८७ – संयोजक राहत वितरण समिति
४) नोमान सिद्धिकी – ०५५२२६६०३४ – उप-संयोजक राहत वितरण समिति
५ ) सालिक सुबेदी – ०५६२८८९८८७ – संयोजक राहत संकलन तथा वितरण अनुगमन समिति 
६) दिपक राज पौडेल – ०५५१०४०९४३ – उप-संयोजक राहत संकलन तथा वितरण अनुगमन समिति 
७) नानु काजि अर्याल – ०५०८६२९०७२ – संयोजक लेखा उपसमिति 
८) उमेश न्यौपाने – ०५०२७१८७८२ – सदश्य लेखा उपसमिति 
९) लोकेन्द्र बहादुर बम – ०५६३९९८६५५ – सदश्य लेखा उपसमिति 
१०) सम्पूर्ण संघ सस्थाका प्रमुख ज्यु हरु – सदश्य राहत संकलन समिति
११) हरि चापागाईं – ०५५१७२८५५१ – संघ सस्था समन्वय समिति 
१२) मणि प्रसाद भुर्तेल – ०५५८३०२०५३ – संघ सस्था समन्वय समिति 
१३) बिनोद श्रेष्ठ – ०५५१९१५७३४ – संघ सस्था समन्वय समिति 
१४) गितामानी पाण्डे – ०५०५८४४८२३ – संघ सस्था समन्वय समिति 
१५) सुरेन्द्र थिङ्ग तामांग – ०५५७०२०२४२ – संघ सस्था समन्वय समिति
१६) सुदूर पश्चिम सेवा समाज यु ए इ – जय राज जोशी – संघ सस्था समन्वय समिति

४ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको