गल्कोट समाज जापान द्वारा रौतहटमा राहत वितरण


पोष्टपाटी/रौतहट

अति बाढी प्रभावित बस्ति रौतहटको भिठुहवामा गल्कोट समाज जापानको आर्थिक सहयोगमा उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा रहेको उद्दार टोलिले राहात वितरण गरेको छ। गल्कोट समाज जापानको ५ लाख बराबरको आर्थिक सहयोगबाट राहत सामाग्री खरिदगरि गल्कोट समाज र विद्यार्थी युनियन (क्रान्तिकारी) को उद्दार टोलीले करिव ३ सय घरपरिवारलाई राहात वितरण गरेको हो।

गल्कोट समाज जापानका अनुसार यो पहिलो चरणको राहत कार्यक्रम भएको र अझै पनि दोश्रो चरणको राहत कार्यक्रमका लागि योजना बनाएर जुट्ने बताएको छ।

गल्कोट समाजको सहयोग वितरणका क्रममा दिपेश पुनले भनेका छन, “यतिबेला मधेश पिडामा छ, डुवानमा छ। मधेसी जनताले सर्वस्व गुमाएका छन्। बालीनाली नस्ट भएको छ। बर्षदिन देखि जम्मा गरेको खानेकुराहरु सबै डुबानमा परेको छ तर राज्यले प्रयाप्त राहत बितरण गर्न सकिरहेको छैन र राज्यको उपस्थिति धेरै कम्जोर रहेको छ। त्यसकारण मधेशी जनता राज्य प्रति आक्रोसित भएका छन्”।

मधेसी जनताले सबै गुमाएका छन्, यस्तो बेला राज्यका सम्पूर्ण संयन्त्रहरु उद्दार तथा राहत वितरणमा जुट्न पर्छ भन्दै पुनले राज्यलाई ध्यानाकर्षण गराएका छन्। “हिमाल पहाड तराई कोहि छैन पराई, हिमाललाइ दुख्दा तराइ जुट्नु पर्छ, तराईलाई दुख्दा पहाड उठ्नु पर्छ” भन्दै देश बिदेशमा रहेका सम्पूर्ण शक्तिहरु मधेशको उद्दारमा जुट्न दिपेश पुनले आग्रह पनि गरेका छन्।

बाढी पसेर जलमग्न भएको मधेशमा उद्दारका लागि अहोरात्र खटिरहेका उपराष्ट्रपति पुत्र दिपेश पुन र उनकै नेतृत्वमा उद्दार कार्यमा जुटेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) संघठन अझै पनि मधेश उद्दार कार्यमा जुटिरहेको छ।

 

४ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको