युएईका संस्थाहरुले पठाए बाढी पिडितलाई पहिलो किस्तामा ४ लाख सहयोग


 

पोष्टपाटी, बिनोद श्रेष्ठ/युएर्इ

गत केही दिन अघि गएको अबिरल बर्षाका कारण बिचल्लीमा परेका बाढीपिडितलार्इ आर्थिक सहयोग गर्नको लागी युएर्इमा बनेको बाढीपिडित राहात उद्दार सयुक्त समयन्त्रले पहिलो किस्ता ४ लाख बाढी प्रभाबित जिल्लाहरूमा पठाएको छ।

युएर्इमा रहेका करिब ४ दर्जन क्रियाशिल सामाजिक तथा जातिय संघसंस्था, ब्याबसायी, राजनितिक भातृ संगठनहरूको संयुक्त प्रयासमा नेपाली एसोसियसन मार्फत उक्त समयन्त्र उक्त रकम पठाएको हो।

नेपाली समाज युएर्इका निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटाको संयोजकत्वमा नेपाल आदिवासी जनजाती महासंघ युएर्इको अध्यक्ष पासाङ् शेर्पा बितरण संयोजक रहने गरी समिति बनेको छ। जसमा बिश्व सहयोग संघ युएर्इका अध्यक्ष गोबिन्द ढकाल उपसंयोजक तथा सदस्य सचिब राहत संकलन समिति, सोसल क्लब युएर्इका अध्यक्ष शालिक सुबेदी राहत संकलन तथा बितरण अनुगमन समिति संयोजक, ब्याबसायी नानुकाजी अर्याल संयोजक रहने गरी अन्य २ सदस्य: क्रमश लोकेन्द्र बहादुर बम र उमेश न्यौपाने लेखा उपसमितिमा रहेका छन्।

यसैगरि संघसंस्था समन्वय समितिमा रूपन्देही सेवा समाज युएर्इका अध्यक्ष हरि चाँपागार्इ, नेपाली समाज युएर्इका निबर्तमान महासचिब मणी भुर्तेल, गोरखा सेवा समाज युएर्इका अध्यक्ष बिनोद श्रेष्ठ, लुम्बिनी वयलफेयर सोसार्इटिका अध्यक्ष गितामणी पाण्डे र जातिय संस्थाबाट आदिवासी जनजाती महासघ युएर्इका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ् तामाङ् रहेका छन्।

एसोसियसनमा आबद्द रहेका हरेक संघसस्थाले कम्तिमा पनि ५ सय दिराम रकम आर्थिक संकलन समितिलार्इ बुझाउनु पर्ने निर्णय गरिएको छ। भने रकम संकलन समितिले घरदैलो अभियान पनि संचालन गरेको छ। पहिलो किस्ताको ४ लाख बाढी प्रबाभित जिल्लामा पठायो। बाढीपिडितलार्इ आर्थिक सहयोग गर्नको लागी युएर्इमा बनेको बाढीपिडित राहात उद्दार सयुक्त समयन्त्रले गत शनिबार बाढी प्रभाबित जिल्लाहरूमा पहिलो किस्ता ४ लाख पठाएको छ।

बाढीका कारण बढी प्रभावित तरार्इका जिल्लाहरू सर्लाही, सुनसरी, सिराह र सप्तरीमा प्रति जिल्ला १/१ लाखका दरले पहिलो किस्ता रकम बितरण समितिका संयोजक पासङ् शेर्पा मार्फत नेपाल पठार्इएको हो। आदिवासी जनजाती युवा महासंघ सर्लाहीले सुनसरी र सर्लाहीमा राहत बितरण जिम्मा लिएको छ भने सिरहा र सप्तरीमा नोमन सिद्दिकिले बितरण गर्ने राहत बितरण समितिका संयोजक पासाङ् शेर्पाले जानकारी दिएका छन्।

गत हप्ता गएको अबिरल बर्षाले तरार्इका ३० जिल्लाहरूमा १३५ जनाको मृत्यु र ३५ जना अझै बेपत्ता भएको थियो।

 

४ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको