स्वास्थ्य खबर: शरीरका त्यस्ता ९ अङ्ग छन्, जहाँ लाखौँ किटाणु बसेका हुन्छन्


के तपाईलाई थाहा छ मानिसको शरीरमा यस्ता स्थानहरु पनि हुन्छन् ? जहाँ लाखौँ किटाणुहरु अदृश्य रुपमा रहिरहन्छन् । मात्र हात धोएर तपाईहरु रोगबाट टाढा रहन सकिन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ ।

१. मुख
मानिसको शरीरको सबैभन्दा फोहोर अङ्ग मुखलाई मानिन्छ । त्यहाँ सबैभन्दा बढि ब्याक्टेरिया हुन्छन् । अनुसन्धानका अनुसार हाम्रो मुखमा ६०० किसिमका ब्याक्टेरियाहरुले घर बनाएका हुन्छन् । त्यसैले यो हाम्रो शरीरको सबैभन्दा फोहोर अङ्ग मुख हो ।

२. काखी
 हाम्रो शरीरको यो भागमा ८० हजारभन्दा बढि ब्याक्टेरियाहरु हुन्छन् । त्यसैकारण त्यहाँबाट नराम्रो गन्ध आउने समस्या हुन्छ । त्यसैले हामीले यो स्थानलाई सधैँ सफा राख्नुपर्छ ।

३. टाउको
यदि तपाईको कपालमा चाया परेको छ भने यसको मुख्य कारण टाउकोमा हुने ब्याक्टेरियाहरु नै हुन् । जब ती ब्याक्टेरियाहरु चायासँग मिल्छन् त्यसपछि तपाईको टाउको चिलाउने समस्या हुन्छ । त्यसैले हामीले कपाललाई निरन्तर धुने र सफा राख्ने गर्नुपर्छ ।

४. कान
हाम्रो कानले नियमित विकार उत्पादन गरिरहेको हुन्छ । कतिचोटी त्यसलाई सफा गर्ने क्रममा हामीले कानको जालीलाई समेत हानी पुर्‍याएका हुन्छौं । धेरैजसो कानले आफ्नो सफाई आफैँ गर्ने गर्छन् तर पनि कुनैबेला भने कानभित्र धेरै विकारहरु जम्मा भएर बसेका हुन सक्छन्  ।जसलाई सावधानीपूर्वक सफा गर्नुपर्छ नत्र चिकित्सकको मद्दत लिँदा पनि राम्रो हुन्छ ।

५. जिब्रो
चिकित्सकहरुले हाम्रो जिब्रोको रङ्ग हेरेरै हामीलाई के-कति रोग लागेको छ भन्ने पत्ता लगाउन सक्छन् । त्यसैले हामीले दैनिक टङ क्लिनरले जिब्रो सफा गर्ने बानी बसाल्नुपर्छ ।

६.मलद्वार
हाम्रो पाचन प्रणालीका क्रममा धेरै ब्याक्टेरियाहरु उत्पन्न हुन्छन् । जब हाम्रो शरीरबाट फोहार निस्किन्छ तब हाम्रो मलद्वारमा विभिन्न ब्याक्टेरियाहरु रहिरहन्छन् । त्यसैले हरेकपटक पिसाब फेरेपछि र दिशा गरिसकेपछि हामीले यसको सफाइमा विशेष ध्यान दिनुपर्छ ।

७. नाक
हाम्रो शरीरका सबैभन्दा फोहोर अङ्गमा नाक पनि पर्न जान्छ । कतिपय व्यक्तिहरुको आफ्नो नाकभित्र औँला हाल्ने बानी हुन्छ जसले तपाईको नाकमा इन्फेक्सन गराउन सक्छ ।

८. नङ
नङ र त्यस भित्रको छालामा विभिन्न किसिमका ब्याक्टेरियाहरु बसेका हुन्छन् । त्यस्ता ब्याक्टेरियाहरु निकै खतरनाक सावित हुन सक्छन् र यसकारण विभिन्न रोग लागेर हाम्रो मृत्यु पनि हुन सक्छ । नङको मुनिपट्टी ब्याक्टेरियाहरु चाँडै सक्रिय हुने गर्छन् ।

९. नाइटो
नाइटोको सफाइमा कतिपय मानिसहरु पर्याप्त ध्यान दिँदैनन् । तर नाइटोलाई पनि नियमित सफा गर्ने बानी गर्नुपर्छ किनकी त्यहाँ असङ्ख्य ब्याक्टेरियाहरु बसेका हुन्छन् र पछि गएर यसले विभिन्न रोगहरु निम्त्याउँछ ।

 

६ असार २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको