पृथीछक बुढा
सम्मानित प्रधानमन्त्री ज्यु, प्रधानमन्त्रीको कार्यालय सिहदरवार काठमाडौ, नेपाल ।
म देश बाहिर छु । हरेक जसो मेरा आँखाहरु समाचारहरुमा कुदाईरहन्छु ताकी म र म जस्ता लाखौं लाख बिदेशीएका युवाहरुको लागि सरकारले कुनै नयाँ योजनाहरु ल्याएको छ कि भनी ।
सधैं जसो आज पनि मैले समाचारहरुमा आँखा कुदाएँ । तर समाचारमा देखे कि मुलुकलाई मर्मात हुने गरि भएको टिकापुर हत्याकाण्डका आरोपी फरार रेशम चौधरीलाई सरकारले क्षतिपूर्तिको नाममा १ करोड ७४ लाख रुपैयाँको चेक उपलब्ध गरायो ।
लाग्यो, सरकार आफैले दन्डहिनतालाई प्रसय दिईरहेको छ । म स्तब्ध भएँ ।
आज थाहा पाएँ, लाखौं लाख युवा पलायन हुनुको प्रमुख कारण । तर अब म नेपाल फर्किन चाहन्छु प्रधानमन्त्री ज्यु ।
अब मैले पनि कसैको हत्या गर्नुछ । म र म जस्ता युवाहरुलाई बिदेश धपाउन षडयन्त्र रच्ने नेताहरुको हत्या गर्न चाहन्छु । अनि मैले हत्या गरेबापत सरकारले के इनाम दिन्छ ? पुरस्कार राशी कति हुन्छ ?
हो, प्रधानमन्त्री ज्यु, म देशलाई बर्वाद बनाउने नेताको हत्या गर्न चाहन्छु । म मुलुक फर्किन चाहन्छु । कृपया भनिदिनुहोस कि, भ्रष्ट नेता मारेको पुरस्कार राशी कति हो ? म मार्न चाहन्छु । तपाईंको सरकारले गरेको निर्णयले मलाई मान्छे मार्न हौस्याएको छ । कसम म सजिलै मार्न सक्छु ।
तर जनताको वास्तविक नेता होइन, श्रमजीवीहरुले पठाएको रेमिटेन्समा प्रजिविको रुपमा रजाइँ गर्न चाहने नेताहरुलाई मार्न चाहन्छु ।
प्रधानमन्त्री ज्यु, हाम्रो देश प्राकृति श्रोत र साधनले भरिपुर्ण छ । ती सम्पदाहरुवाट उत्पादन गरिएका चिजहरुलाई बिदेश निर्यात गरेको भए डलर र डिरहाम सजिलै आर्जन गर्न सकिन्थ्यो तर नेताले लेवर निर्यात गरेर रेमिटेन्स आर्जन गर्न खोजेको छ ।
कयौं युवा गर्मीले मुटु फुटेर मरे । कयौं युवा दुर्घटनामा परे । बाकी साथी दिनरात देशको संझनालाई छातीमा वोकेर बाँच्न परिरहेको छ । तर म फर्किन चाहन्छु र हामीलाई वेच्ने नेता, राष्ट्रिय प्रतिस्थाका मिल, उधोग, कलकारखाना र नदिनाला कौदीको भाउमा वेचेर कमिसन हत्याउन खोज्ने नेताहरुको हत्या गर्न चाहन्छु । त्यसबापत मलाई मगन्य इनाम चाहिन्छ । रेशम चौधरीले पाएको इनाम भन्दा बढी ।
५२ सालमा तपाईं प्रधानमन्त्री भएको समयमा अहिलेका सत्ता साझेदारहरुलाई जंगल धपाउनु भयो । पुलिसलाई मान्छे मार्न लगाउनु भयो । कयौंलाई प्रमोसनको फुलि पनि लगाईदिनु भयो । मान्छेको टाउकाको मोल पनि तोक्नु भयो । त्यसपछि देशले १७ हजार होनहार युवाहरु गुमाउनु पर्यो ।
आज प्रधानमन्त्री भएको केही हप्ता नबित्दै आधा दर्जन देशका सेवक र एउटा दुधे वालक मार्न योजना बुनेको रेशम चौधरीलाई मोटै इनाम दिनु भयो । प्रधानमन्त्री ज्यु, मेरो कानमा सुटुक्क भनिदिनुस त, तपाईंको टाउकाको मूल्य कति हो ? तपाईंले कुरा बुझिहाल्नु भो नि ? म छानीछानी महँगो टाउको छपक्कै छिनालेर झोलामा हालेर ल्याईदिने छु ।
मैले भनिदिएको छु प्रधानमन्त्री ज्यु, मलाई यसको इनाम सामान्य हुनु हुँदैन । मैले सुनेको छु, रेशम चौधरी फरार भएको छ । यदि उ टिकापुर घटनाको योजनाकार होइन भने उ किन लुकिलुकी हिडिरहेको छ ? मैले यो पनि सुनेको थिएँ, कुनै नेताले उसलाई भारतमा भेटेको थियो रे । आफै धामी आफै बोक्सी भएर जनतालाई धोका दिने यस्ता नेताहरुलाई मार्न चाहन्छु ।
भन्नुस त प्रधानमन्त्री ज्यु, मलाई कति इनाम दिन सक्नु हुन्छ ? मलाई इनामको भोक जागेको छ । तपाईंलाई थाहै छ, काम नगरी फल पाइदैन । म काम गर्न चाहन्छु । नेताको हत्या गर्न चाहन्छु । मलाई थाहा भयो, यसवाट रातारात करोडपती बन्न सकिने रहेछ ।
हेर्नुहोस त रेशम चौधरीको भाग्य । हेर्नुस त उसको तालुमा आलु फलेको । अरवको बालुवामा पसिना बगाएर पनि परिवार पाल्न सकिन । अब नेपाल फर्किन चाहन्छु र छानिछानी नेता मार्न चाहन्छु तर मलाई दरिलो रकम चाहिन्छ रेशमको भन्दा धेरै ।
अँध्यारो बिक्ने कुनै देश छ भने त्यो हो नेपाल । अँध्यारो बेचेर धेरै नेता कर्मचारी मोटाए । खोलालाई झोलामा राख्ने धेरै जल माफियाहरु धेरै मोटाए । प्रधानमन्त्री ज्यु, जुन थालमा खायो त्यही थालमा थुक्ने यी भ्रस्टाचारी नेता र कर्मचारीहरुलाई मार्न चाहन्छु । तर मलाई डोकोका डोको इनाम चाहिन्छ ।
कति दिनु हुन्छ इनाम ? अब भन्नोस मेरो देशलाई एसियाको दोस्रो कंगाल देश बनाउने जिम्मेवार तपाईं र तपाईं जस्ता नेता मारेको इनाम कति हो ? हामी चालिस लाख युवा नेपाल फर्किन चाहन्छौं र एक एक भ्रष्ट नेता मार्न चाहन्छौं तर अरवको तातो गर्मीमा कमाएको डिरहाम र रियाल भन्दा धेरै इनाम चाहिन्छ ।
हेक्का रहोस, रेशम चौधरी भन्दा धेरै चाहिन्छ । उहीँ वेचिएको युवा ।
प्रतिक्रिया दिनुहोस