एमाले संग एकता बिरोधी भन्दै प्रचन्डले झपारे पछि कृष्ण महराले बोलि फेरे


नेकपा माओवादी केन्द्रमा पहिलोपटक औपचारिक रुपमै एमालेसँगको पार्टी एकताबारे असहमति व्यक्त गरेका कृष्ण महराले एकाएक बोली फेरेका छन् ।दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका महराले प्रचण्डको चेतावनीपछि बोली फेरेको माओवादी उच्च स्रोतलाई उदृत गर्दै इमान्दार मिडियाले अगाडी लेखेको छ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमबार कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा बसेको हेडक्वार्टर बैठकमा एमालेसँगको एकताबारे ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका महराले मंगलबार वाम एकताको विरोध नगरेको स्पष्ट पारेका छन् ।महराले तत्काल पार्टी एकता हितकर नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेको खबरहरु आइरहेका बेला उनको सचिवालयले त्यसको खण्डन गरेकाे छ ।महराको निजी सचविालयले भनेको छ– ‘नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य एवं उपप्रधानमन्त्री कृष्ण बहादुर महराले पार्टीको एकताबारे नोट अफ डिसेन्ट राख्नुभएको भनी गरिएको प्रचार भ्रामक हो । उहाँ एकता हुनुपर्छ भन्ने कुरामा दृढ हुनुहुन्छ । अनर्गल प्रचार नगर्न सञ्चारकर्मी मित्रहरुलाई आग्रह गर्दै भ्रममा नपर्न सबैमा आग्रह गरिन्छ ।’

सोमबार बसेको माओवादी केन्द्रको बैठकमा महराले हतार गरेर पार्टी एकतामा जाँदा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने भन्दै एकताप्रति असन्तुष्टि राखेका थिए ।

उनले एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको बताएका थिए । ‘एमालेसँग चुनावी तालमेल मात्र गरिएको हो’, महराले भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एमालेसँगको एतामा मैले धेरै जटिलता देखेको छु ।’ महरा सुरुदेखि नै एकताको विपक्षमा उभिएको चर्चा चल्दै आएको थियो ।

तर अध्यक्ष प्रचण्डले एकताबिरोधि अभिव्यक्ति दिने जुनसुकै नेता कार्यकर्ताहरुलाई कारवाही गर्ने चेतावनी दिएपछि महराले बोली फेरेको स्रोतले बतायो । प्रचण्डले सोमबारको हेडक्वार्टर बैठकमा समेत कसैले पनि एकताबिरोधि अभिव्यक्ति नदिन चेतावनी दिएका थिए ।

२०७४ पुष ४ गते प्रकाशित

४ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको