बालबालिकालाई दुर्व्यवहार गर्ने शिक्षकलाई विद्यार्थीले कालो मोसो दले


मंगलवार, पुस ४, २०७४

अराजक र अनैतिक गतिबिधि गर्ने दमकमा संचालित गायत्री बिधा पिठको संचालक गणेश प्रधानलाई नेपाल कम्युनिष्ट पार्टी सम्बद्द संगठन अखिल क्रान्तिकारी झापाले कालोमोसो दलेर कार्बाही गरेको छ ।

अखिल क्रान्तिकारीले एक बिज्ञप्ति जारि गर्दै पैसा र बलको आडमा घटनालाई गुपचुप राखेर दबाउन खोजिएको कारण चेतावनी स्वरूप प्रधानलाई कारवाही गरिएको जनाएको छ ।

झापा दमकको गायत्री बिद्या पीठमा अध्यनरत एक बालिकामाथि शिक्षकले अभद्र रुपमा मानसिक तथा शारिरिक यातना दिएको खुलासा भएको थियो  । १४ बर्षिया बालिका बालिका कुसम निरौलाको अवस्था कुटपीट पछि दयनीय बनेको थियो ।

बिद्यालयका शिक्षकले बिद्यार्थीलाइ चरम यातना दिएको केहि दिनपछि मात्र यो रहस्य सार्वजनिक भएपछी गायत्री बिद्या पीठका शिक्षक भुटानी नागरिक प्रनय दुतराजलाई अखिल क्रान्तिकारीले कालोमोसो दली कारवाही गरेको जनाएको छ ।

उक्त घटनाको बारेमा पीडित परिवारले दमकमा पत्रकार सम्मेलन गरेर घटनाको बिषयमा जानकारी गराएको थियो । यसभन्दा अगािड पनि यस बिद्यालयमा यिनै बालिकामाथि दुर्व्यवहार भएको विषय पनि गुपचुप गराइएको थियो ।

४ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको