प्रचण्डले झुट बोलेको खुलासा : काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेकै छैन


नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुटो बोलेको बताएका छन् । उनले नेपाली काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीको लागि कुनै अफर नगरेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको भनाई सार्वजनिक गरेसँगै खाँणले उक्त कुराको खण्डन गरेका छन् । उनले नेपाली काँग्रेस प्रतिपक्षमा बस्न तयार समेत बताए ।

नेता खाँणले नेपाली काँग्रेसलाई सत्ताको कुनै लोभ नभएको र प्रतिपक्षमा बस्न तयार भइसकेकोले कसैलाई प्रस्ताव नराखेको भन्दै भने, “हामीले कसैलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका छैनौं, यसबारे प्रधानमन्त्रीको कसैसँग कुरा भएको छैन, बाहिर आएका सबै कुरा झुटा हुन् ।”

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा प्रचण्डले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको बताएका थिए ।

४ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको