फुटबल स्टार मेस्सी भन्छन : एल क्लासिको जितेर यस बर्षलाई बिदा गर्न चाहन्छौ


काठमाडौँ । स्पेनिस ला लिगामा आगामी शनिबार हुने एल क्लासिको जित्न दुवै टिमले तयारी तिब्र पारेका छन् ।

खास गरी हाल लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाले क्लासिको जितेर रियल म्याड्रिडलाई ला लिगाको उपाधीबाट बाहिर गर्न चाहेको छ । अहिले ला लिगामा बार्सिलोना रियलभन्दा ११ अंकले अगाडी रहेको छ यद्यपी रियल बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।

यसैबीच बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले रियल म्याड्रिडसँग तीन अंक खोसेर ला लिगाको उपाधि सुरक्षित गर्ने दाउमा लागेका छन् ।

मेसीले एल क्लासिको बारे बोल्दै भनेका छन् -‘हामीले यसको महत्वको आधारमा मात्र जित्न चाहन्नौ, हामीले रियलसँग यस सिजनमा स्पष्ट अग्रताको लागि जित्न चाहन्छौ’ । यो जितपछि हाम्रो रियलसँगको अग्रता उपाधि जित्न काफी हुने मेस्सीको बुझाइ रहेको छ । साथै मेस्सीले एल क्लासिको जितेर हामी यस बर्षलाई गुडबाइ भन्न चाहेको बताएका छन् ।

त्यस्तै बार्सिलोनाका अर्का खेलाडी लुइस स्वरेजले गार्ड अफ द अनरको विषयमा आफ्नो प्रतिक्रिया दिदै आफ्ना लागि स्पेनमा यो कुरा नयाँ भएको बताएका छन् । स्वरेजले आफुहरु कल्ब विश्वकपमा नभएकाले सो कुरा क्लबले क्लियर गरेको बताएका छन् ।

स्वरेजले हाल बार्सिलोना राम्रो फर्ममा रहेकाले एल क्लासिको जितेर म्याड्रिडविरुद्ध फराकिलो अग्रता लिने बताएका छन् ।

ला लिगाको पछिल्लो खेलमा मेस्सीको खेल अलिकति निराशाजनक रहेको थियो । मेस्सीले सो खेलमा पेनाल्टी मिस गरे पनि स्वरेज र पउलिन्होले गोल गरेर बार्सिलोनालाई जिताएका थिए । उता रियल भने क्लब विश्वकपको उपाधि जितेर उत्साहका साथ एल क्लासिको खेल्ने तयारीमा जुटेको छ ।

४ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको