साउदी राजकुमारले दुनियाँकै महँगो महल किने फ्रान्समा, कति छ मूल्य हेर्नुहोस


साउदी अरबका राजकुमारले फ्रान्समा विश्वकै सबैभन्दा महंगो अत्याधुनिक महल किनेका छन् । फ्रान्सको लुभिजियन्समा भरसाइल इलाकामा रहेको दुनियाँको सबैभन्दा महंगो महल हो, यो । यसको अनुमानित मूल्य ३० करोड डलर अर्थात् ३० अर्ब रुपैयाँ पर्दछ ।

हतियार कारोबारी अदनान खशोगीका भतिजा एमद खशोगीले निर्माण गरेको यस महललाई साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले खरीद गरेका हुन् ।

 

यो महलको एक खास विशेषता भनेको यो प्राविधिक रुपमा अति नै विकशित छ । त्यहाँ सुन्दर पोखरी तथा पानीका फोहोरा छन् । महलभित्र रहेका बत्ती, महलभित्रको आवाज तथा हावालाई दुनियाँको कुनै पनि कुनामा बसेर एक आइफोनबाट नियन्त्रण गर्न सकिन्छ ।

यी राजकुमारले यसअघि लियोनार्दो दा भिन्चीको सल्भातोर मुन्डी नामक पेन्टिङ ४५ करोड डलरमा खरीद गरेका थिए । उनीसँग यो महलभन्दा पनि महँगो पर्ने ४४० फुटको एक जहाज छ जसमा दुई पूल, एक हेलिप्याड समेत छ । उक्त जहाजको मूल्य ४९ करोड ४० पर्दछ ।

४ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको