चुनावमा हयाट्रिक गर्ने रायमाझीको अर्घाखाँचीमा अझै अछुत भन्दै दलितलाई पानीको छुट्टै धारा


४ पुष, सन्धिखर्क, प्रदेश र प्रतिनिधि सभाको चुनावमा ५०,३८५ भारि मतका साथ बिजय हुदै हयाट्रिक गरेका अबल्ल नेता टोप बहादुर रायमाझीको जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका ८ हंसपुरमा दलितका ३५ घरका लागि खानेपानीको एउटा मात्र धारो छ । नजिकै रहेको ‘उपल्लो जाति’को धारामा दलितले पानी भर्न पाउँदैनन्। ‘पानी भर्न जाँदा ग्रागी फालिदिन्छन्। हाम्रो धारो हो भनेर पानी छुन दिँदैनन्’, ६९ वर्षीया टुकी परियारले भनिन्।

बिहान र बेलुका एक/एक घण्टा मात्र पानी आउँछ । त्यो दलित परिवारका लागि पर्र्याप्त हुँदैन । ‘धारामा ग्रागीका लाइन हुन्छन् । कहिलेकाहीँ पानी नआउँदा रित्तै फर्किनुपर्छ । अरू धारामा पानी भर्न पाइन्न’, उनले गुनासो गरिन् । बर्खाको तुलनामा हिउँदमा दलित परिवारले पानीको सास्ती भोग्नुपर्छ । उनीहरू नुहाउन र लुगा धुने पानीका लागि दुई घण्टा टाढाकोे पँधेरो धाउँछन् । ‘प्यास लाग्दा पनि बचाइबचाई पानी पिउनुपर्छ’, बबिना परियारले भनिन्।

चुनावमा जति बाचा गरे पनि जनप्रतिनिधिले काम नगरेको स्थानीयको आरोप छ । विजयी बनाएर पठाए पनि काम गर्लान् भन्ने आस नरहेको उनीहरूले गुनासो छ। मालारानी गाउँपालिका ८ का वडाध्यक्ष नरेन्द्र बस्नेत भने दलित बस्तीमा खानेपानी पुर्‍याउने कामलार्ई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँछन्। गाउँपालिकाले फिरफिरेबाट रतनमारे, हंसपुर हुँदै काभ्रेसम्म खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम गर्ने योजना बनाएको उनको भनाइ छ।

‘अहिले दुईवटा लिफ्टिङ खानेपानी आयोजनाको तयारी भइरहेको छ। चाँडै समस्या समाधान हुनेछ’, उनले भने, अन्नपुर्ण पोष्टमा खबर छ।

४ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको