प्रतिनिधि सभाकी प्रत्येक्ष बाम उम्मेदवार कमला रोका


कर्मसही घर्ति,
आफ्नो शैशवकाल यहाँकै डाँडा काँडा र उकाली ओरालीमा बिताएकी र यहि माटोमा आफ्नो श्रमशक्ति र रगत पसिना बगाएकी बहुचर्चित महिला नेतृ हुन् – कमरेड कमला रोका उर्फ क्रान्ति ! अहिले उनी रुकुम पूर्बबाट प्रतिनिधि सभाको लागि प्रत्येक्ष तर्फबाट उम्मेदवार छिन् । उनको उम्मेदवारी निकै नै चर्चाको बिषय बनेको छ नेपाली राजनीतिक आकाशमा । पार्टी पंक्ति र बिशेषत: पूर्बी रुकुममै निकै नै चाखको बिषय बनेकी कमरेड कमला रोकाको जन्म २०३२ साल पुस २० गतेका दिन बुबा अमरसिँह रोका र आमा जोखीमाया रोकाको कोखमा भएको थियो ।

‘२०५२ साल फाल्गुण १ गतेको दिन देखि शुरु भएको नेपाली जनयुध्दमा पहिलो महिला छापामार भएर महतको राडी चाैकी आक्रमण गरेका थिए ।’

पुरानो संस्कारको पूर्णतया ध्वस्त र नयाँको निर्माण गर्ने संकल्पकासाथ उनी राजनीतिमा लागेकि थिईन् । २०४७ सालमा बिद्यार्थी संगठनमा प्रबेश गरेकि कमरेड रोका मगर २०४९ सालमै बिद्यार्थी यूनियनको जिल्ला सदस्यमा निर्वाचित भईन् । २०५१ सालमा कोषाध्यक्ष , उहीँ साल सहसंयोजकको जिम्मेवारी सम्हालेकी थिईन् । यसरी उनको राजनीतिक जीवनले उनको जीवनमै कायापलट लिएको थियो । सामन्ती र पूँजीबादी समाजको खुलेआम बिरोध गर्दै रहे ।

‘२०६२ सालको चर्चित चुनाबाङ बैठक पछि जनमुक्ति सेना नेपालकाे ब्रिगेड कमाण्डर भएर गण्डक अभियानमा गएकी उनी लगत्तै बुटवलको कार्वाहीमा सहभागी भईन् र आफ्नो युद्ध कला काैशल प्रस्तुत गरिन् ।’

२०५२ साल फाल्गुण १ गतेको दिन देखि शुरु भएको नेपाली जनयुद्धमा पहिलो महिला छापामार भएर महतको राडी चाैकी आक्रमण गरेका थिए । यसरी नेपाली जनयुद्धमा महिलाहरुको अहम् भूमिकालाई स्पष्ट पारेका थिए । २०५३ सालमा जिल्ला पार्टी सदस्य भएकि नेतृ कमला रोका २०५६ सालमा पार्टीको क्षेत्रीय ब्यूरो सदस्य भईन् । लगत्तै २०५७-२०५९ सालमा प्यूठान जिल्ला ईन्चार्ज भएर जनयुद्धको उचाईमा साथ दिईन् । २०६० सालमा पार्टीको केन्द्रीय सदस्य तथा विशेष जिल्ला ईन्चार्ज भएर थप जिम्मेवारी र दायित्वबोध गरीन् ।

२०६२ सालको चर्चित चुन्बाङ बैठक पछि जनमुक्ति सेना नेपालकाे ब्रिगेड कमाण्डर भएर गण्डक अभियानमा गएकी उनी लगत्तै बुटवलको कार्वाहीमा सहभागी भईन् र आफ्नो युद्ध कला काैशल प्रस्तुत गरिन् । यति बेलासम्म उनि पार्टी र जनताको बीचमा खुबै छाएकी थिईन् । उनको प्रभाव पार्टीमा हरपल आबश्यकता भई नै रह्यो । उनको युद्ध काैशलता र राजनीतिक जीवन चुलीमा पुगेको थियो ।

जनयुद्धले नेपाली राजनीतिमा नयाँ मोड  ल्यायो शान्ति वार्ता मार्फत । नेपाली जनताले युद्धको बिकराल रुपबाट अब सास्ती पाउने आशाले जरा गाड्ने बेला थियो । २०६२ सालमा यहि शान्ति वार्ता पछि २०६४ सालमा अन्तरिम सांसदको रुपमा उनी सभसद भईन् । यो नै उनको पहिलो अनुभव थियो संसदको । २०६८-२०६९ सम्म तत्कालीन बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उनी युवा तथा खेलकुद मन्त्री भएर काम सम्हालेकि थिईन् । छोटो अवधिमा केही गर्ने खासै मेसो नभए पनि आफ्नो कार्यावधि कुशलतापूर्वक निर्बाह गरेकी थिइन् ।

नेपाली राजनीतिमा निरन्तर लागि परेकि नेतृ कमरेड रोका हाल पार्टी सचिवालय सदस्य तथा महिला केन्द्रीय इन्चार्ज भएर जिम्मेवारी निर्वाह गर्दैछिन् । यसकारणले पनि उनको प्रतिनिधि सभाको उम्मेदवारी सुनिश्चितता भएको राजनीतिक बजारमा आकलन गरिएको छ। बाम गठबन्धन अनुसार उनलाई नेकपा एमालेको दरिलो साथ समर्थन हुनेछ । यो जिल्लामा उनको प्रतिस्पर्धामा नयाँ शक्तिका जितमान पुन उर्फ मार्शल तथा नेपाली काँग्रेसका गाैरीशंकर घर्ती मगर हुनेछन् ।

पूर्बी रुकुमको भर्खर बन्न लागेको संरचनालाई पूर्णता दिन र हिमाली जिल्लाका अधिकांस नमिलेका वडा र गाउँ पालिकालाई आफुले विशेष प्राथमिकता दिने उनको जोड छ । भविश्यमा सबैलाई मान्य हुने र सुबिधा उपभोग गर्न पाउँने बनाउन अहम् भूमिकाको खाँचो रहेको उनको स्विकारोक्ति छ । सबै जनता उनको कुशल काम कार्यको देख्न आतुर छन् ।

३ मंसिर २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको