मतगणना स्थलमा झडप हुँदा तनावग्रस्त, मत गणना स्थगित


रौतहट -वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको छ ।

एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

अनलाइन खबरका अनुसार मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।

३ आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको