नेपाल आइडलको टिम फाइनलका लागि कतार प्रस्थान


नेपाल आइडलको कतारमा हुने सेप्टेम्बर २२ को ‘ग्राण्ड फिनाले’मा सहभागी हुन नेपाल आइडलको टिम कतार प्रस्थान गरेको छ । नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास सहित अन्तिम १२ प्रतिस्पर्धी सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ कतार जाँदै छन्।

ग्राण्ड फिनालेका प्रतिस्पर्धी निशान, बुद्ध र प्रतापले नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि कतार उड्न लाग्दा उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

ग्राण्ड फिनालेका लागि तेरिया फौजामगर, केदार घिमिरे, सन्दिप क्षेत्री, हेमन्त रानाका साथै बरिष्ठ संगितकार शक्ति बल्लभ लगायतको उपस्थिति रहने एभरेष्ट नेपाल युुथ एसोसियसनका अध्यक्ष उत्तम गुुरुङले दोहामा आयोजित एक पत्रकार सम्मेलनमा यसअघि नै जानकारी गराउनु भएको थियो ।

ओनेक्स वान इन्टरनेशनल क्यानडा तथा एभरेष्ट नेपाल युुथ एसोसियसन कतारको संयुुक्त आयोजनामा हुने नेपाल आइडलको ग्राण्ड फिनालेका लागि सम्पूर्ण अन्तिम तयारि भएको जनाएको छ ।

विश्वमा रहेका लाखौँ नेपाली नेपाल आइडलको सान र मान कसले पाउने हो भन्ने प्रतिक्षामा छन्। सेप्टेम्बर २२ मा कतारमा हुने अन्तिम प्रतिस्पर्धाबाट विजेताको घोषणा हुँदै छ।

आइडलको फाइनलमा पुगेका प्रताप, निशान र बुद्धले खाली हात फर्कनु पर्दैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्।

ग्रान्ड फिनालेका लागी करिब ४ करोड २० लाख रुपया खर्च हुुने आयोजकले बताएको छ । ग्रान्ड फिनालेका लागी जज, प्रतियोगी, कलाकार तथा प्राबिधिक गरि ८५ जना नेपालबाट आउने आयोजकले जनाएको छ ।

३ आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको