तराई डुबानबारे नेकपाले भोलि नयाँ उद्घाेष गर्दै


काठमाडौं । देउवा सरकार नागरिकको पीडा र समस्याबारे मौन रहेको बेला नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)ले तराई क्षेत्र डुबानबारे नयाँ धारणासहित मुख खोल्ने भएको छ । नेकपा तराईका सीमा क्षेत्रमा भारतले बढाउँदै लगेको ज्यादाति र राजनैतिक हस्तक्षेपविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको पार्टी हो ।

भारतले तराईको नेपाल–भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनविपरीत सडक, बाँध बनाएका कारण सप्तकोसी लगायत नदीमा आएको असार–साउनको बाढी रोकिएर नेपालका तराईका बस्ती क्षेत्र डुबानमा परी यो वर्ष मात्र २ सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । ठूलो मात्रामा धनको क्षति भएको छ ।

तैपनि भारतले सीमानामा एकतर्फी बनाएका बाँध र सडक यथावत राखे । बाढीलाई निकास दिन मानेन । नेपालका पूर्वीतराईका सीमानाका हजारौं बिगाह जमिन डुबायो । क्षेत्र उल्टै प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर कोसीमा उच्च बाँध बनाउने सहमति भारतसँग गरेर राष्ट्रघात गरे ।

त्यसविरुद्ध देशभित्र व्यापक विरोध जारी छ । नेकपाले प्रदर्शन समेत गरेर विरोध जारी राख्दै बुधबार ‘नेपाल भारत सीमा समस्या र डुबान’ शीर्षकमा उक्त कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । भारतले बनाएको बाँध खुला नगरे ‘बम हान्ने’ चेतावनी नेकपाले दिँदै अाएको छ ।

यसै सन्दर्भमा नेकपाको अन्तर्राष्ट्रिय ब्यूरोले भोलि असोज ४ गते राजधानीमा उक्त एक बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरी धारणा सार्वजनिक गर्ने तयारी गरेको ब्यूरो इन्चार्ज धर्मेन्द्र वास्तोलाद्वारा जारी सूचनामा उल्लेख छ । कार्यक्रम अपरान्ह १२ बजे कमलादीस्थित एकेडेमीमा हुनेछ । सोही बेला डुबानबारे पार्टीले नयाँ कार्यक्रम समेत उद्घाेष गर्ने जनाइएको छ ।

कार्यक्रममा विभिन्न पार्टीबाट विज्ञ, सीमानविद् तथा अन्तर्राष्ट्रिय कानूनविद्हरुले बोल्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा सहभागी हुन नेकपाले सबैलाई अपिल गरेको छ । तराई डुबानका बेला सामाजिक सञ्जालमा ‘कोसी ब्यारेजमा बम हान्न’ नेकपालाई गुहार्ने क्रम व्यापक मात्रामा चलेको थियो, अनलाइनडबलीमा खबर छ।

३ आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको