सेक्स गर्दा कन्डम महिलाको गुप्ताङ्ग मै अड्किए, अपनाउनुस यी ६ उपाएहरु :स्वास्थ्य पोष्ट


एजेन्सी । कैयौ पटक यस्तो हुन्छ कि सेक्स गर्ने क्रममा कुनै कारणवश कण्डम महिलाको गुप्ताङ्ग (योनी)मै अड्किन जान्छ । यसबेला जोडीलाई निकै अप्ठेरो आइलाग्छ । अवस्था निकै असहज हुनजान्छ । हामी तपाईलाई बनाइरहेका छौं यस्ता उपाय जसले कण्डमलाई गुप्ताङ्गबाट सजिलै बाहिर निकाल्न सकिन्छ ।

नआत्तिनुस्ः यस्तो स्थितीमा सबैभन्दा जरुरी हुन्छ कि तपाई नआत्तिनुस्, शान्त रहनुस् । यो जान्नुस् कि कण्डम त बाहिर निस्किहाल्न छ यसकारण चिन्ताको कुनै कुरै छैन् ।

हातको औलाको प्रयोग गर्नुस्ः यसका लागि तपाईको हातको औला सफा र नङ काटेको हुनुपर्छ । र, विस्तारै औला योनीभित्र छिराई तपाई कण्डम खोजेर समात्ने प्रयास गर्नुस् ।

उठबस गर्नुस्ः यस्तो स्थिती आउँदा तपाई उठेर बसेर (उठबस)को सहारा लिएर कण्डमलाई बाहिरतर्फ पुस गर्नसक्नुहुन्छ (तलको चित्र झैँ)।

कुर्सीको सहारा लिनुस्ः कण्डम भित्र अड्किएको अवस्थामा कुर्सीमा खुट्टा राखेर अली टाइट तरिकाले बस्नुस्, यसबाट पनि कण्डमलाई चित्रमा देखा झैँ बाहिरतर्फ पुस (धकेल्न) मद्दत मिल्नेछ ।

आफ्नो पार्टनरको मद्दत लिनुस्ः यस्तो अवस्थामा सबैभन्दा प्रभावकारी सहयोग तपाईको सेक्स पार्टनरको हुनसक्छ । उनसँग न लाज नमान्नुस् । सायद तपाईको दृष्टिले कण्डम देखिराखेको हुँदैन, यस्तो बेला तपाईको पार्टनर गुप्ताङ्गभित्र अड्किएको कण्डम निकाल्नमा ठूलो सहयोग गर्नसक्छ ।

एक्सपर्टको मद्दत लिनुस्ः जब यी सबै तरिकाबाट पनि काम भएन भने तुरुन्त एक्सपर्ट (डाक्टर)को मद्दत लिनुस् र न लजाउनुस् । अन्यथा यसबाट गम्भीर रोग लाग्न सक्छ ।

३ आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस