पर्सामा एमालेको पुरै प्यानल बिजयी


पर्सा -पर्सामा एमालेले खाता खोलेको छ । बिन्दवासिनी गाउँपालिकाको वडा नं १ मा एमालेकोे प्यानल नै विजयी भएको छ । वडाध्यक्षसहित ५ जना उम्मेदवार नै निर्वाचित भएका हुन् ।

वडा अध्यक्षमा सगिर मिया विजयी भएका छन् । सदस्यहरुमा तेरस मुखिया, सुगान्धी देवी, प्रजापति महतो र फूलमतिदेवी विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका गौरीशंकर साहले ३६६ मत ल्याएर अग्रता बनाएका छन् । कांग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसिया १७७ मत ल्याई उनलाई पछ्याइरहेको निर्वाचन अधिकृत ईश्वरीप्रसाद ढकालले जानकारी गराए ।

३ आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको