मधेशमा माओबादीले बिजयको खाता खोल्यो


सिरहा, ३ असोज । दुई नम्बर प्रदेशको पहिलो वडा अध्यक्षमा माओवादी केन्द्रले खाता खोलेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादी केन्द्रका मोहन केसीको प्यानल नै विजयी भएको हो । केसीले ३ सय ४२ मत पाएका छन् ।

कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पाँचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोश्रो संविधानसभामा विजयी भएका थिए ।

यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ ।

३ आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको