बलिउड गीतमा अन्जु पन्तको जादुमय स्वर (भिडियो)


पोष्टपाटी!

नेपाली आधुनिक सांगीतिक आकाशकि लोकप्रिय गायिका अन्जु पन्तले चर्चित बलिउडको गित ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतमा कभर स्वर दिएकी छन। उक्त गीतको ओरिजिनल भर्जनलाई भारतकि चर्चित गायिका लता मंगेसकरले गाएकी थिन। राहुल देव बुरमानको संगीत रहेको गीतमा गुलजारको शब्द रचना रहेको छ।

नेपाली सुगम संगीतमा स्वरको बादशाह मानिने अन्जु पन्तले पहिलो पटक हिन्दी गीतको कभर गायकी हुन्। उनको यो गीतले अहिले युट्युबमा धेरैले मनपराएका छन्।

मर्मस्पर्शी गीतहरुमा अन्जुको स्वर त्यसैपनि जादुमय भएर सुनिन्छ। जव उनले ‘तुज से नाराज नहि जीन्दगी’ हिन्दि गीतमा कभर स्वर दिईन, तब स्रोताहरुले अन्जु पन्तको क्षमता अनुसारका स्तरीय गीतहरु कम्पोजिसन हुन नसकेको टिप्पणी दिएका छन्।

उनको जादुमय स्वरमा सजिएको यो गितले सुन्नेहरूलाई साँच्चै मनमोहक बनाएरै छाड्छ।

हेर्नुहोस भिडियो:-

 

३ भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको