पोष्टपाटी/किरण बिसी
रबिन्द्रनाथ टाईगोरले एऊटा गित लेखे “जन गण मन हे भारत भाग्यबिधाता” जुन गित अहिलेको भारतको राष्ट्रीय गित बन्यो। पछि भारतबाट पाकिस्तान टुक्रियो, पाकिस्तान बाट फेरि अर्को टुक्रा बंगाल टुक्रेर नयाँ देश बंगलादेश भयो। देश टुक्रिदै गए, नयाँ नयाँ राष्ट्रिय गान बन्दै गए।
बंगलादेश पनि नयाँ राष्ट्रिय गितको घोषणा गर्यो। त्यो देशले राष्ट्रिय गान भनेर छनौटमा परेको गित “आमर सोनार बंगला, तारो माइ भालो बासि, तुहि आकाश, तुहि बतास” भन्ने गितका लेखक पनि रबिन्द्रनाथनै परे।
त्यहा एऊटा चर्चा चल्यो, खानदानि टाइगोर फ्यामलिको मान्छे रबिनद्रको गित गाऊनु हुदैन, दुइ देशको राष्ट्रिय गित, त्यो पनि फुटेका देशको राष्ट्रिय गितको गितकार एऊटै हुनु विश्वको लागि अनौठो हुन्छ तर राम्रो हुदैन भन्ने बहस चल्यो।
ऊर्दु साहित्यका एक जना साहित्यकारले औला ऊठायर भने “संसारमा संगितको जात धर्म, लिंग वर्ण र क्षेत्र हुदैन, हुन्थ्यो भने संगित सधै सा रे ग म प ध नि सा भन्दा कहिले तल हुन्थ्यो कहिले माथि हुन्थ्यो”
ऊच्चतम बंगालिको भावना समेटियको ‘आमर सोनाम बंगला गित भन्दा अरु कुनै प्रिय गित हुनसक्दैन’ शासकले देश टुक्रयाऊछन, संगितले जोड्छ, सत्ताले शक्ति दिन्छ, संगीतले शान्ति, त्यसकारण टाइगोर माथि ऊसको कुलको रिसले ऊसको कलाको अपमान नगरियोस भनेर सबैलाइ झस्काइ दिए। पछि त्यो गित नै बंगलादेशको राष्ट्रिय गित घोषणा भयो र अझै त्यहि गित छ।
अब प्रसंग नेपाल आइडल तिर जाउ!
तिन जना बाहुन क्षेत्रिलाइ स्टेजमा ऊभ्यायर धुरु धुरु रुदै घर फर्काऊने र कुनामा थेप्चो नाक भय हृदय खोलेर हास्ने एऊटा गिरोह नेपाल आइडलमा सुरुदेखि सक्रिय छ।
जातिय अहंकारवादले ग्रसित त्यो गिरोह सामुहिक नभयर एकलकाटे रुपमा लागिरहेको छ, त्यो जज वा आयोजक भित्र बाट भन्नखोजेको होईन । त्यो गीरोह पनि हामी जस्तै पब्लिकमै छ। ऊसले पनि हामि जस्तै टाढै बाट भोटिगं गरिरहेको छ। तर ऊ र हामीमा फरक यति छ कि (ऊसलाइ जात प्यारो छ तर हामिलाइ कला, ऊसलाइ धर्म प्यारो छ तर हामिलाइ संगित, ऊसलाइ नाक प्यारो छ तर हामीलाइ स्वर, ऊसलाइ टुप्पि संग दुस्मनि छ तर हामीलाइ टोपि संग दोस्ति, ऊसलाइ कसैलाइ जसरि पनि हराऊनु छ तर हामिलाइ जसरि पनि जिताऊनु छ, ऊ आफ्नो मान्छे जितेको भन्दा अरुको मान्छे हार्दा खुसि हुन्छ तर हामी आफ्नो मान्छे बाहिरिदा दुखि हुन्छौ।
मैले मुल कुरा भन्न खोजेको नेपाल आइडलका १० जना नै १०१ हिरो छन तर भोटको आधारमा हरेक हप्ता एऊटालाइ आऊट नगरि हामी नेपाल आइडल पाऊदैनौ। आऊट हुदा निष्पक्ष होस या पक्षपात भोटकै आधारमा हुन्छ। बढि भोट पाऊने सेलेक्ट हुनु, कम भोट पाऊने आऊट हुनुनै नेपाल आइडलको छनौट प्रकृया हो।
तर एऊटा जनजाति आऊट हुदा आयोजक संग प्रमाण माग्ने अपराधी एऊटा क्षेत्रि, बाहुन आऊट हुदा खित्का छाडेर फेसबुकमा किन डाको छोड्छ? नेपाल आइडल आयोजक तिम्रो बाऊको हातमा छ र? जात छानि छानि भोट हाल्न सक्ने। कमसेकम पब्लिक भोटलाइ त स्विकार गर न। धेरै मिठो गाऊने जनजाति बहिनि आऊट हुदा हाम्रो मन कटक्क खायको थियो। पेट भुट्ने गरि खाएर ठुस्स ठुस्स स्टेजमा गाऊने बाहुनको छोरो छनौट हुदा हाम्रो पारो तातेको थियो। किनकि हामिलाइ मन र मस्तिष्क छुने गित चाहिएको थियो, जात होईन।
आज ३ जना क्षेत्रि बाहुन स्टेजमा आऊट डेन्जर जुनमा पर्दा तिमि जातिय अहंकारवादि जस्तो हामिले आयोजकलाइ पक्ष गरिस भन्यौ ?
प्रेम र युद्दमा हरेक कुरा जायज हुन्छ हौ साथि, नेपाल आइडल पनि एऊटा युद्द नै हो । यो युद्दमा एक सिपाहि मात्र बच्ने छ, बाकि सबै नयाँ युद्दको लागि तयार हुनुपर्ने छ। युद्द पनि नियम संगत हुन्छ, युद्दमा संलग्न सबै युद्दरत योद्धा प्रति ठुलो सम्मान गर्छु, त्यो स्टेजमा ऊभिएर गीत गाऊदा आखा चिम्लेर आशिस दिन्छौ। हरेक एपिसोडमा हरेकले ऊतकृष्ट गित गाऊन सक्दैनन । एऊटाले एऊटा एपिसोडमा एक पिस गीतार पाय पछि लौ जनजातिलाइ हेप्यो, बाहुनले किन पायो, त्यो भन्दा फलानाको राम्रो थियो भनेर कुतर्क गरेर फेसबुक फोहोर बनाऊन लाज लाग्दैन ?
आफ्नोलाइ भोट दिनुहोस नो प्रोब्लेम, आफ्नै जातको मान्छे लाइ भोट दिनुहोस नो टेन्सन, आफ्नै क्षेत्रको साथिलाइ भोट दिनुहोस नो अब्जेक्सन, आफ्नै लिगंको नारिलाइ भोट दिनुहोस नो कम्प्लेन।
तर आफ्नो रोजेको भयो भने यस, आफ्नो रोजेको भयन भने धाधलि, यस्तोमा बिग अब्जेक्सन छ है। अब जे सुकै भय पनि भोट फर निशान!
प्रतिक्रिया दिनुहोस