मितेरी समाज युएईको तिज महोत्सव बाढी पीडितका लागि हुँदै


पोष्टपाटी/युएई

युएईमा अत्यन्त सक्रिय रहेको मितेरी समाज युएईले आगामी सेप्टेम्बर १ सुक्रबारका दिन तिज महोत्सव २०१७ गर्ने तयारीमा जुटेको छ। हिन्दु नारीहरुमा समर्पित युएईमा हुने भनिएको तिज महोत्सब देशका बाढीपिडितहरुको सहयोगार्थ हुने भएको छ।

तिज महोत्सव २०१७ को आयोजनाको तयारीमा जुटिरहेको बेला देशमा बाढी पहिरोले ठुलो बिपत निम्त्याएको हुँदा आपत र विपत परेका नागरिकहरुको सहयोगार्थ तिज महोत्सव हुने मितेरी समाजका कार्यबाहक अध्यक्ष प्रदिप पुन मगरले पोष्टपाटी संग बताउनु भयो।

युएईको अलएन शहर स्थित फुड वर्ल्ड रेस्टुरेन्टमा दिउसो १ बजे देखि कार्यक्रम हुने आयोजकले बताएको छ। उक्त कार्यक्रममा युएईमा रहेका ख्याती प्राप्त स्थानीय कलाकारहरुको प्रस्तुति हुने भएको छ।

मितेरी समाजले आयोजना गरेको यो दोश्रो तिज महोत्सव हो। यसपालिको तिज महोत्सव विशुद्ध मनोरञ्जनात्मक मात्र नभएर बाढी पिडितको नाममा भएको हुँदा युएई रोजगारमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइदिन समाजले अनुरोध गरेको छ।

त्यसैगरि मितेरी समाजले बाढीपिडितको सहयोगका लागि आर्थिक अभियान पनि तिब्र पारेको छ। थुप्रै सहयोगी दाताहरु मितेरी समाज संग हातोमालो गर्दै सहयोगमा जुटेका छन्।

मितेरी समाजले विभिन्न समयमा यसरि नै सबैसंग सहयोगमा हातेमालो गर्दै आएको छ!

 

३ भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको