रेणु दाहालबारे लेख्दा एस बी बोहोरालाइ ज्यान मार्ने धम्की?


प्रीतम केसि

केही दिनयता सामाजिक सञ्जालहरुमा एस बि बोहोरा द्वारा लिखित स्टाटसलाई लिएर विभिन्न व्यक्ती समुह र संस्था हरु द्वारा चर्को बहस र विरोध हुंदै आएको छ । यतिबेला एस बि बोहोरामाथी विभिन्न व्यक्तीको चरित्रहत्य झुट्टा आरोप र निराधार लालछना लगाउदै सामाजिक सञ्जाल मार्फत वदनाम गर्ने गरेको आरोप लागेको छ । उनले सामाजिक सञ्जाल मार्फत विभिन्न वहदाका व्यक्तीको चरित्रहत्या गरेको, अश्लिल भाषा प्रयोग गरेको र निराधार लालछना लगाउदै निजी जीवनमा असर पर्ने गरी बदनाम गर्ने हेतुले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै निज एस बि बोहोरा उपर राज्यले कार्वाही गरोस भनी केही फेशवुक प्रयोगकर्ता र केही ट्वीटर प्रयोगकर्ताले एस बि बोहोरामाथी कार्वाहीको माग गर्दै आएका छन।

एस बि बोहोराको अवान्छनिय हर्कत असभ्य आचरण र अश्लील भाषा प्रयोगले गर्दा उनि अहिले विरोधको पात्र बन्न पुगेका छन । चितवन महानगरपालीक मेयर पदकी उम्मेद्वार प्रचण्डपुत्री रेणु दाहाललाई एस बि बोहोराले आफ्नो फेशवुक स्टाटसमा भारतिय वेश्य भनि लेखेका थिए। उक्त स्टाटस सामाजिक सञ्जालमा भाईरल बनेपछी लेखक एस बि को चर्चा परिचर्चा र विरोध ह्वात्तै बढेको थियो ।

एस बि बोहोरा द्वारा लिखित स्टाटसमा सबै भन्दा ज्यादा विरोध एमाओवादी केन्द्रका नेता कार्यकर्ता र समर्थ हरुले गरेका थिए ।फेशवुक प्रयोगकर्ता एमाले समर्थक एस बि बोहोराले रेणु दाहाल लगायत नेपाली कांग्रेसका सभापती वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत युवा अवस्थामा भैंसी बलात्कार गरेको भनि आफ्नो स्टाटसमा लेखेका थिए ।तर देउवा समर्थक नेता तथा कार्यकर्ता र समर्थकले एस बि को स्टाटस विरुद्ध विरोध जनायको देखियन,जति विरोध माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले जनायका थिए ।

एस बि बोहोराको यसै सन्दर्भलाई लियर माओवादी केन्द्रको पाटीपंक्ती मै हल्लाखल्ला चल्यो । एस बि लाई कार्वाही गर्ने सम्मका निर्णय भयको खबर केही अनलाई मिडियाले प्रकासमा ल्यायका छन । अनलाईन मिडियाको खबरलाई पुष्टी गर्दै एस बि बोहोराले पनि आफुलाई साईबर अपराध अन्तरगतको मुद्दा लगाएको प्रतिक्रिया दिने गरेका छन । साईबर अपराध गरेको भन्दै एस बि बोहोरालाई पक्राउ गर्न गृहले प्रहरी प्रसाशनलाई आदेश दिएको खबर विभिन्न.माध्याम बाट आउन थालेका छन ।गृहमन्त्री जनार्दन शर्मालाई सिङगो पाटीपंक्ती र विशेष रेणु समर्थकले दबाब दिय पछी गृहले प्रहरी प्रसाशनलाई एस बि बोहोरा पक्राउ आदेश दिएको बुझीन आएको छ ।

गलतको विरोध गर्नु पर्छ ।अपराधीलाई कार्वाही हुनु पर्छ । यो सर्वमान्य कुरा हो ।यदी गलत गरको ठहरियमा ,अपराध गरेको सप्रमाण जुटेमा ।हैन भने कुनै असहाय कम्जोर गरीब निमुखा व्यक्ती उपर सिङगो पाटी र सिंगो राज्य लागी पर्नु न्यायसंग देखिदैन ।मैले यसो भनिरहदा एस बि बोहोरा निर्दोष व्यक्ती हुन भन्न खोजियको हैन ।एस बि बाट केही अन्जानवस गल्ती भयका होलान यद्यपी यस्ता गल्ती गर्ने व्यक्ती एस बि एक्ला छैनन । उनि जस्ता सयौं अपराधी छन तिनको पनि एस बि लाई जस्तै खोजी गरिनु पर्छ । ति अपराधी एमाले कांग्रेसमा मात्रै हैन माओवादी केन्द्रमै छ्याप छ्याप्ती फेला पर्न सक्छन ।

राज्यले यदी एस बि बोहोरालाई कार्वाहीको दायरामा ल्याउंन आत्तुरता देखायकै हो भने राज्यले यो पनि नभुलोस कि एस बि बोहोरा जस्तै साईबर अपराध गरेका सयौं अपराधीलाई पनि कार्वाहीको दायरा भित्र ल्याउनु पर्छ भन्ने कुरा ।त्यतिबेला माओवादी केन्द्र रित्तो र जेलहरु भरिन सक्छन ।मेरो भनाईको आस्य अपराधीलाई कार्वाही गर्न हुदैन भन्ने होईन ,अपराधी अफ्ना विराना जो भय पनि उनिहरुमाथि कार्वाही हुंदा निष्पक्ष भयर कार्वाही गरिनु पर्छ भन्ने मान्यता र आस्य हो ।

रेणु दाहालको मानमर्दन तथा बदनाम गरेको कसुरमा जसरी एस बि बोहोरालाई पक्राउको आदेश दिइयो त्यसैगरी महामहीम राष्टपती विद्यादेवी भण्डारीलाई विभिन्न अपशब्द भाषा शैलीमा अनुचित तरिकाले निकृष्ट बनि विभित आरोप र तल्नो स्तरका लालछना लगाउने माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई जनार्दन शर्माको गृहमन्त्रालयले पक्राउको आदेश दिने आंट गर्छ ? या गर्दै ?  के हाम्रो राज्यले निष्पक्ष न्याय दिन सक्ने हिम्मत राख्छ ? जनकपुर मन्दीर प्रवेश गर्दा राष्टपती भण्डारीलाई अलछिना आईमाई भन्दै पदिय मर्यादाको ख्यालै नराखी विभिन्न आरोप र निकृष्ट लालछना लगाउने उपर राज्यले के कार्वाही गर्यो ? हामी जनता जान्न चहान्छौं ।

हिजका दिनमा राष्टपती विद्यादेवी भण्डारीलाई तथानामका घिनलाग्दा आधारहीन आरोप लगाउने हरुले त्यसबेला नारी अपमान गरेको ठानेनन । प्रकाश पत्नी सिर्जना त्रिपाठीलाई  दुनियाको सामु लत्याउदा त्यो नारी अपमान भयन । तर यतिबेला नारीजातको घोर अपमान गरेको देख्दैछन केही साउनमा आखा फुटेका हरुले । राष्टपती विद्या भण्डारीलाई नारी नदेख्ने तर रेणुलाई चाहीं पुर्ण नारी देख्नेहरुले कुन मुखले एस बि बोहोरा उपर कार्वाहीको माग गर्दैछन ?  यो धर्तीकी सबै नारी एकै होईनन र ?उनिहरुको शान,मान इज्जत र नारी शुलब्ता अस्मिता एकै हुन्न र ?

यदी राज्य सांचिकै निष्पक्षवादी छ र जनताको रखवाला हो जाती लिंग विभेद गर्दैन सबैलाई समान दृष्टीकोणले हेर्छ भने अपराध र अपराधमा संलग्न जो कोहीलाई कसैको दवाब र प्रभावमा नपरी कार्वाही गर्न सक्नु पर्छ ।यहां रेणु दाहाललाई विभिन्न झुट्टा आरोप र लालछना लगाउने एस बि बोहोरालाई मात्रै होइन सिर्जना त्रिपाठी,विना मगरलाई अलपत्र पार्ने प्रकाशे दाहाल र राष्ट्रपती विद्यादेवी भण्डारीलाई अपमान गर्दै निकृष्ट लालछना लगाउने माओवादी केन्द्रका अवान्छीत क्रियाकलापमा सक्रिय व्यक्ती हरुमा पनि कार्वाही हुनु पर्छ । तव मात्रै यो सरकारलाई निष्पक्षवादी सरकार मान्न सकिन्छ ।हैन त्यसो गर्न सकिदैन भने एस बि बोहोराको कथाको फाईल बन्द गरे हुन्छ ।

लेखकका निजि विचार हुन्

५ असार २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको