समानुपातिकमा कम मत आउनुको कारण माओबादिले पत्ता लगायो


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई समानुपातिकतर्फ मत कम प्राप्त भएको छ । समानुपातिकतर्फ आफ्नो पार्टीलाई कम मत आउनुको कारण भने माओवादी केन्द्रले पत्ता लगाएको छ ।

माओवादी केन्द्रको सचिवालय बैठकले समानुपातिकमा माओवादी केन्द्रको कम मत आउनुमा ६० प्रतिशत स्थानमा आप्mना उम्मेदवार नहुनु र समानुपातिकतर्फको प्रचारप्रसार व्यवस्थित नहुनु मुख्य कारण रहेको बैठकले ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रवक्ता भुसालले भनिन्, “हाम्रो ६० प्रतिशत स्थानमा हाम्रो पार्टीका उम्मेदवार नहुँदा त्यहाँ समानुपातिकतर्फको प्रचार कमजोर भयो । जसले गर्दा समानुपातिकतर्फ कम मत आएको निष्कर्ष बैठकले गरेको छ ।”

बैठकले जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेको भन्दै पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्ने र अब पार्टी एकता कसैले रोकेर नरोकिने पनि प्रवक्ता भुसालले बताइन् ।

माओवादी केन्द्रको बैठकले राष्ट्रियसभा गठनसम्बन्धी विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष पनि निकालेको छ । ”राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिको आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं र त्यसैअनुसार अघि बढ्छौं”, बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ । सोमबार बसेको बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ, पहिलो पेजमा खबर छ ।

३ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको