म राजीनामा दिन्न, ओली कसरि प्रधानमन्त्री बन्छन, म पनि हेर्छु : प्रधानमन्त्री देउवा


३ पुष २०७४, काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने बताएका छन् । सरकारका केही विश्वस्त मन्त्रीहरुसँगको आन्तरिक छलफलका क्रममा देउवाले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित नभएसम्म राजीनामा नदिने बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश पारितका लागि पठाइसकेको छ ।

देउवाले एमालेले राष्ट्रपतिलाई उचाल्दै संविधान कार्यान्वयनको प्रक्रियामा बाधा पु¥याउन खोजेको आरोप समेत लगाएका छन् । आफूले राजीनामा नदिएसम्म कोही पनि प्रधानमन्त्री बन्न नसक्ने बताएका देउवाले ती मन्त्रीहरुसँग भनेका छन्, ‘निर्वाचनको मतपरिणाम पनि अहिलेसम्म घोषणा भएको छैन, हामीले यसअघि नै राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पनि पारित भएको छैन, केपीजीलाई प्रधानमन्त्री बन्न हतार छ, कसरी बन्दो रहेछ, म पनि हेर्छु ।’

देउवाले राष्ट्रपतिबाट अध्यादेश पारित हुने बित्तिकै आफूले राजीनामा दिने बताएका छन् । त्यसभन्दा अगाडि कुनै पनि हालतमा राजीनामा नदिने उनको अडान छ ।

माओवादी केन्द्र र एमालेले भने राष्ट्रियसभा गठनमा निहूँ खोजेर देउवाले सत्ताको आयु लम्ब्याउन खोजेको आरोप लगाएका छन्, उज्यालो नेपालमा खबर छ ।

३ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको