राजधानीमा आगलागी हुँदा १२ जनाको मृत्यु


नयाँ दिल्ली: भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बई सहरमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी १२ व्यक्तिको मृत्यु भएको छ।

मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट सो आगलागी सुरु भएको थियो। पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ। कैयौँ व्यक्ति नराम्ररी जलेका छन्। प्रहरीले आगलागीबाट ध्वस्त भएको यस भवनको भग्नावशेषमा अझै पनि ६ जना व्यक्ति पुरिएको जनाएको छ।

आगो अहिले नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। यस घटनाको अनुसन्धान सुरु गर्न सरकारले सम्बन्धित अधिकारीहरुलाई आदेश दिएको छ। मुम्बईमा घर भत्किने, आगलागी हुने घटनाहरु निकै हुने गरेका छन्।

३ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको