कमान्डर पासाङका बटालियन सह-कमान्डर विजय शरीरभरी गोली बोकेर सहयोग माग्दै


पोष्टपाटी/कर्म सिङ घर्ति, रुकुम 

३ पुष २०७४ –समय थियो २०६१ साल चैत्र १६ गते । उक्त दिन सल्यान र रोल्पाको सिमाना हुँदै तत्कालीन डिभिजन कमाण्डर पासाङको कमाण्डमा  रुकुम मैकोट हार्दिबाङका तत्कालीन बटालियन सह-कमाण्डर क. विजय खारा आक्रमणको लागि आउदै थिए । उता चाैरजहारी तर्फबाट डिभिजन कमाण्डर प्रभाकरको कमाण्डमा अर्को ग्रुप छापामार शैलीमा लड्न तयारी पोजिशनमा थियो । पासाङको नेतृत्वमा क. विजय उर्फ जुतिराम घर्तीको फर्मेसन खाैलामा निस्किने बित्तिकै झुल्नेटामा भएका सेनाहरुले पहिलो फायर गरे ।

क. विजय (जुतिराम घर्ती)को ग्रुपले सी आकारमा उक्त फायरको प्रतिबाद गर्दै सेना माथि जाइलागे र घेर्दै लगे । सेना भाग्दै खाराको ब्यारेकमा छिर्यो । सेनालाई लखेटेर ब्यारेकसम्म पुर्‍याउदा रात परिसकेको थियो । पहिलो एसल्ट ग्रुपलाई क. विजयले (जुतीराम घर्ती) काँडेतार पार गर्न पठाए । दोश्रो एसल्ट ग्रुपलाई काँडेतार घेर्न लगाए र तेस्रो एसल्ट ग्रुपलाई रोडको बाहिर पोजिशनमा बस्न लगाए ।

आफु सह-कमाण्डर भएको तर कमाण्डर पासाङ सँग सम्पर्क बिच्छेद भएकोले निर्देशन जिम्मेवारी आफुले सम्हालेका थिए । असिना जस्तै गोली बर्सिरहेको थियो । लडाई निकै घमासान हुँदै थियो । दुबैतर्फबाट बम वर्षा उत्तिकै बेतोडले भयो । अचानक सेनाको टुइन्चटावर मोर्टार पड्केर जुतिरामको छेउमै बिस्फोट भयो र उनि त्यहि गम्भीर घाइते भए ।

बाँया हातमा २ वटा गोलि छन्, दाड र पिठ्यूँमा ३१ वटा गोलि छन्, कानको जरा हुँदै छिरेको मुखभित्र १ वटा गोलि छ, दाहिने पट्टी टाउकोमा १ वटा गोलि छ र बायाँ टाउकोमा २ वटा वटा गोलिहरु छन् ।

उनले आफ्नो आलो घाउलाई सम्हाल्दै वरिपरि हेरे । छेउमै भर्खर त्यहि युद्धमा उनकै सुरक्षार्थ खटिएका गार्ड छतविक्षत भएर मारिएका थिए । उनलाई त्यतिमात्र थाहा छ । त्यसपछि अत्यधिक रक्तस्रावले कतिखर बेहोस भएर थाहा पाएनन् । उनका सहकर्मीहरु र स्वास्थ्य कर्मीहरुको निरन्तर प्रयासले १६ दिनमा बल्ल बल्ल उनको होस आयो, तर बोली बन्द थियो । उनि अर्ध मानसिकतामा थिए ।

जुन दिन देखि क. विजयको सपांग जीवन अपाङ्ग बन्यो । उनको बाहिरी घाउ मात्र सन्चो भयो । पाखुराका दर्जनाैँ गोली झिकिए पनि अझै शरीर भरि गोलि बोकेका छन् । बाँया हातमा २ वटा गोलि छन्, दाड र पिठ्यूँमा ३१ वटा गोलि छन्, कानको जरा हुँदै छिरेको मुखभित्र १ वटा गोलि छ, दाहिने पट्टी टाउकोमा १ वटा गोलि छ र बायाँ टाउकोमा २ वटा वटा गोलिहरु छन् । तिनै गोलीहरु निकाल्न नसकेर नशा र मासुमा टाँसिएर रहेका छन् । जो एकै पटक अप्रेसन गरेर निकाल्न असम्भब भएको डाक्टरको भनाइ सुनाउछन जुतिराम । बेग्ला बेग्लै अप्रेसन गर्न आफ्नो सामर्थ्यले नभ्याएको कुरा मर्माहत हुदै बताउ छन जुतीराम ।

आज ति दिन रहेनन् । दिनहरु बदलिएका छन् तर उनका घाउहरु बल्झी रहेका छन् । उनीसँगै लडेका कमान्डर कमरेड पासाङ उपराष्ट्रपति भएका छन् । अर्का कमाण्डर कमरेड प्रभाकर पटक पटक मन्त्री भएका छन् । तर त्यहि युद्धमा सहकमान्डर बनेका जुतिराम बेवारिसे जीउँदो सहिद बनेका छन् । युद्दको अग्रणी मोर्चामा घाइते भएका जुतिराम सहारा बिहिन भएपछी अभाव र पिडामा तड्पिरहेको छ उनको जिन्दगि ।

बाँच्ने आशा जगाएर सहयोगका लागि हारगुहार गरेपनि कसैबाट सहयोग नपाएको गुनासो पोख्छन । र अझै पनि आशाहरु साँधेर बचेका जिन्दगीका दुइपलहरु पिडाबाट मुक्त बनाउन सहयोगको अपेक्षा गरेका छन् ।

मैले उनलाई सक्दो सहयोग गर्ने बचनबद्धता दिंदै गर्दा उनि भावविभोर बने । सहयोगको हात ठम्याउन खोज्दा उनका आँखाबाट आँशु रसाए ।

कृपया हामी दयावान नेपालीहरु हौ, अरुको दुख देखि सहदैनौ । हरेक मनकारीको सानो सहयोगले उनको ठूलो राहत हुनेछ । विभिन्न सँघ संस्था र आम समुदायमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछु, धन्यबाद ।

पिडितको आफ्नै बैंक खाता विवरण :

नाम : JUTIRAM GHARTI

Account No. : 15701000971700000001

SWIFT : PRAVUNPKA

सम्पर्क नम्बर : ९७४८६२०२७४ (जुतिराम घर्ती)

कर्म सिङ घर्तिको (हाल रुकुम) सम्पर्क नम्बर ९७४८६१९७८१

 

३ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको