चुनाबको माहोल छ रे मेरो गाउँमा,
फटाहाहरु लक्षित गरि आक्रमण हुँदैछ रे गाउँमा ।गरिब सर्बहाराको त दुखै मात्र देख्छु,
नेतालाइ त फाइदै फाइदा चुनाबको नाउँमा ।लेडेढिपी एकअर्कामा खुबै हानाहान,
चुनाब जित्न रक्सी मासु बाड्दै छन् रे गाउँमा ।संसदीय चुनाब बहिस्कार गर्नेलाइ,
झुठो मुद्दा लगाई जेल लगिदैछ रे गाउँमा ।जनताले प्रतिकार गर्दै यस्लाई,
दवाबका साथ रिहाइको माग गर्दैछ रे गाउँमा ।जनयुद्धकै झल्को दिदै धरपकड छ रे गाउँमा,
बन्दुकको भरमा फेरि चुनाब हुदैछ रे गाउँमा ।लक्षमण जिसि
पाल्पा रा न पा ४
प्रतिक्रिया दिनुहोस