दलालतन्त्र राज्यब्यबस्थाको चंगुलवाट देशलाई मुक्त गर्न अगाडी बढौं


रमाकान्त बास्तोला

नेपालमा क्रान्तीका धेरै अवशेष पैदा भए । जुन रुपमा अबशेषहरु पैदा भए हरेक अबशेषको आ-आफ्नो लाईन भए । नाम एउटै रह्यो सिद्दान्त र मौखिक भाषण एउटै रहे । तर वास्तविकमा कार्यन्वयन र जनताले क्रान्तीको स्वाद लिन भने पाएनन् । हजारौंको योगदान, बलिदान सङ्गै समाजवाद साम्यवादका सपना देख्नेहरु बिरामी परेर थला परेका छन् । उनिहरु आफ्नो मृत्यु शैयामा छट्पटाई रहेका छन् ।

नेपालमा खराब राजनीतिक घटनाक्रम र त्यसले जनतामा परेको असर साथै क्रान्तिका खराब नेतृत्वहरुका कारण अहिले देश नै बिरामी परको अबस्था छ । देशका धेरै क्षेत्रमा दलाल भ्रष्टहरुको चलखेल तिब्र रुपमा बढेको छ । जसका कारण देशको राष्ट्रियता जनजीविका दिनानु दिन धरापमा पर्दै गएको छ भने देशमा दलाल पूँजीको तिब्र हस्तक्षेप बढिरहेको हुदाँ राष्ट्रिय पूँजीको अबस्था गम्भीर बन्दै गहिरहेको छ । उदाहरणको लागि हामीले हेर्न सकिन्छ बैंकिङ प्रणालीले गाउँ टोलका किसान मजदुर माथि गरिएको उदण्ड लुट, जुन लज्जास्पद छ ।

दलाल सत्ताको कारण भोग्न परेको समस्या र बर्ग संघर्षमा परेको गतिरोधलाई चिर्दै नेपालमा क्रान्तिको अनिवार्यतालाई पुरा गर्ने एउटा असल नेतृत्व, असल पार्टीको आवश्यकत्ता हुदाँ हुदैँ, घांटीसम्म आएको प्रतिक्रान्तिलाई चिर्ने क्रान्तिकारी जत्थाको आबश्यकत्ता हुदाँ हुदैँ महान जनयुद्दको नेतृत्व गरेको दल र त्यसको नेतृत्वले शान्ति प्रक्रिया हुदैँ सत्तालुप हुन् पुग्यो र बिरासतता पैदा भयो जुन रुपले गलत ब्यबस्थासँग साँठगाँठ गर्दै नेपाली क्रान्तिलाई रछ्यानमा फाल्ने काम गरे त्यसले जनतामा निराशा जगाउन थाल्यो ।

जुन रुपले  विश्वमा बिज्ञान तथा प्रविधिको बिकाश भएको छ त्यहि रुपमा दलाल पुँजीले पनि फरक-फरक ढंगले जनतामा लुट मच्चाई रहेको छ । जनतालाई गुमराहमा पारिरहेको छ । यसको मुख्य कारण हो संसदीय व्यवस्था र यसले थुपारेको गलत सिस्टम । दलाल सत्ताको कारण भोग्न परेको समस्या र बर्ग संघर्षमा परेको गतिरोधलाई चिर्दै नेपालमा क्रान्तिको अनिवार्यतालाई पुरा गर्ने एउटा असल नेतृत्व, असल पार्टीको आवश्यकत्ता हुदाँ हुदैँ, घांटीसम्म आएको प्रतिक्रान्तिलाई चिर्ने क्रान्तिकारी जत्थाको आबश्यकत्ता हुदाँ हुदैँ महान जनयुद्दको नेतृत्व गरेको दल र त्यसको नेतृत्वले शान्ति प्रक्रिया हुदैँ सत्तालुप हुन् पुग्यो र बिरासतता पैदा भयो जुन रुपले गलत ब्यबस्थासँग साँठगाँठ गर्दै नेपाली क्रान्तिलाई रछ्यानमा फाल्ने काम गरे त्यसले जनतामा निराशा जगाउन थाल्यो । फलस्वरूप पार्टी नै टुक्रा टुक्रा हुन पुगे जसका कारण बिदेशी हस्तक्षेपका साथै प्रतिक्रियावादी शक्तिहरुको बलियो पकड हुदैँ क्रान्तिलाई निमिटान्न पार्न सफल हुन थाले ।

 

तर जनताको चाहना र उनीहरुको सपनालाई जुन सुकै शक्तिले पनि हराउन नसक्ने निचोड देखियो जुन निचोड नेपाल कम्युनिष्ट पार्टीले गर्यो । जसले एक असल नेतृत्व पायो र पुन: जनतामा बाकिँ क्रान्ति अर्थात प्रचण्ड बाबुरामले गल्लीमा फालेको र दलाल सत्तालाई बुझाएको क्रान्तिको रथ कुदाउँन प्रयास गर्यो । नेपालमा हालसालै संसदीय व्यवस्थाले स्थानीय चुनाव सम्पन्न गर्यो जसको अनुभूति नेपाली जनताले राम्रोसंग गर्न पाए । जसमा चुनाबी माहोल पैसा र पहुँचमा भए, बिदेशी दलाल तत्वहरुले पार्टी र नेतालाई खरबौँ रकम दिएर भएपनि जनताको मत पैसासँग साटियो । यति हुँदा हुदैँ स्थानीय तहमा करिब ८० % निर्वाचित प्रतिनिधि दलाल ठेगेदारहरु हुन पुगे ।

संसदवादीहरुले भन्ने गरेका गाउँगाउँ मा सिंहदरवार नभई गाउँ गाउँमा दलाल भनेजस्तै भयो । 

संसदवादीहरुले भन्ने गरेका गाउँगाउँ मा सिंहदरवार नभई गाउँ गाउँमा दलाल भनेजस्तै भयो । जुन दलाल सत्ताले निम्त्याएका कटु यथार्थहरु हुन् । महान जनयुद्दको नेतृत्व कर्ता अर्थात महान कम्युनिस्ट भनेर चिनिने नेतृत्वहरुको एकाएक भएको आत्मसमर्पण पश्चात यस्ता घटनाहरु क्रमिक बृद्दी हुदै गए । तर यथार्थमा र ब्यबहारिक भौतिकवादी अर्थात कम्युनिष्टका लागि मुख्य सवाल बिधमान संसारको क्रान्तिद्वारा गर्ने  बिधमान चिजहरु माथि ब्यबहारिक रुपमा हमला गर्ने र त्यसलाई फेर्ने सवाल रहन्छ जुन कुरा माक्स र एंगेल्सले जर्मन विचारधारामा भनेका थिए ।

 

नेपालमा पनि क्रान्तिको रट्यान दिएर नथाक्ने तर पूर्ण क्रान्तिद्वारा पछाडी हट्दै दलाल सत्तामा चुर्लुम्म डुबेका प्रचण्ड र उनको पार्टी साथै अन्य यस्ता पार्टीहरु जो ब्यबहारिक र कार्यन्वयनमा छैनन् उनीहरुको वास्तविक सत्यता जनतासामु अर्थात सच्चा क्रान्तिकारीहरु सामु छर्लंग पारिदिनु पर्दछ । कुनै बेला कम्युनिष्ट हुँ भन्ने एमाले जुन रुपमा अधिभूतवाद तर्फ गयो त्यहि रुपमा जनयुद्दका नेतृत्व गणहरु पनि आफ्नो केहि झुण्ड समाएर त्यतै तर्फ लागे । अहिले भन्ने गरेको एमालेसंगको तालमेल र पार्टी एकताको हौवा यसैको कारक हुन् ।

 

चुनाबी स्वार्थका लागि तयार पारीएको यस्तो तालमेल जनताले अस्विकार गरिसकेको अबस्था छ । यो धेरै टिकिरहन सक्दैन । नेपालि क्रान्तिमा नयाँ लाईनहरु आए जुन लाईन नेपालको परिवेश अनुरूप देखा पर्न थाल्यो र यसमा जनता पनि सम्मेलित, संगठित हुदै गए । जबसम्म समाजमा दमन रहन्छ , जबसम्म धनि – गरिब बीच , जात – जात बीच, धर्म – धर्म बीच साथै किसान, मजदुर, उत्पीडन बर्ग बीच भिन्नता रहिरहन्छ तब त्यहाँ क्रान्ति अनिबार्य हुन्छ र त्यसको नेतृत्व पनि पैदा हुदैँ जान्छन भनेजस्तै एकीकृत क्रान्तिको संश्लेषण गर्दै नेपालमा पनि क्रान्तिका नेतृत्वकर्ताहरु देखा पर्दै गएका छन् ।

जबसम्म बेग्ला बेग्लै बिरोधि बर्ग रहेका हुन्छन तबसम्म उत्पीडित बर्गहरुलाई संघर्ष देखि अलग रहन सल्लाह दिनु बाख्रालाई ब्वाँसोको मुखमा फ्याक्नु हो ।

कम्युनिष्ट घोषणा पत्रमा भनीए जस्तै बर्गसंघर्षको अर्थ एउटा बर्ग अर्को बर्गका बिरुद्द लड्नका लागि मैदानमा उत्रनु र त्यहि संघर्ष त्यो परिवर्तनको मुख्य साधन हो , जसबाट समाजमा परिवर्तन ल्याउन सकिन्छ । संघर्ष संसारमा छैन वा त्यो धेरै नराम्रो हो भनि आँखा चिम्लेर काम चल्दैन साथै यसले क्रान्तिलाई टेवा पुग्दैंन । जबसम्म बेग्ला बेग्लै बिरोधि बर्ग रहेका हुन्छन तबसम्म उत्पीडित बर्गहरुलाई संघर्ष देखि अलग रहन सल्लाह दिनु बाख्रालाई ब्वाँसोको मुखमा फ्याक्नु हो  l यस्तै हाम्रो देशमा पनि केहि कम्युनिष्ट धारिहरु नेपालमा बर्ग छैनन् , क्रान्ति पुरा भयो भनि त्यी बर्गहरुलाई भड्काउने काम गरिरहेका छन् । जसमा नेपालि जनता, मजदुर, किसान उत्पीडित बर्गहरुले बिचार गर्नु पर्दछ ।

 

शाषक बर्गहरुले क्रान्ति पुरा भयो र बर्ग छैन भन्नु उनीहरू क्रान्ति देखि डराउनु पनि हो । यस्ता युगौ देखि थुपारिएको फोहोरलाई सफा गर्न र समाजलाई नयाँ ढंगमा बिकास गर्न क्रान्ति अनिवार्य रहन्छ । जसलाई बल नै किन प्रयोग गर्न नपरोस । अहिले नेपालमा राज्यसत्ता दलाल छ जुन सत्तामा पुजीँपति नबसामन्ती दलालहरुको बर्चस्वमा चलिरहेको छ । र आफ्नो बर्ग शत्रुहरुको प्रतिरोधलाई दबाउन शाषक बर्गले भरपुर प्रयास गरिरहेको छ । यस्तो अबस्थामा साम्राज्यवाद तथा उत्तर साम्राज्यवादीहरु कम्युनिस्ट आन्दोलनलाई दबाउन ठुलो चलखेल गरिरहेका छन् । बिश्व क्रान्तिमा देखिएको नैराश्यता नेपालमा पनि देखा परेको छ ।

 

सर्बहारा बर्गको अधिनायकत्व स्थापना गर्न पुजिँवादीहरुलाई क्रान्तिकारी तप्का देखि जागरुप बनाई, बिशेष योजनाका साथ तयारी गर्न आबस्यक छ । जसमा कार्यनीतिलाई नेपालको परिस्थितिका साथै बिश्वमा देखिएको घटनाक्रमलाई ध्यानमा राखी अल्पकालीन हितको लागि मात्र अधिनस्थ राख्नु हुदैन । यदि पार्टीभित्र दृढ संकल्प सहितको एकता नभएमा क्रान्तिमा संघर्षको कुनै औचित्य रहदैंन । जुन रुपमा नेपालि भूगोल र समय अनुकुल क्रान्तिको बाटो तय एकीकृत क्रान्ति मार्फत दिन खोजिएको छ त्यो समय सान्धर्भिक हुदैँ गएको छ र यसले अबको केहि समयमा बैज्ञानिक समाजवादको बाटो पहिल्याउने निश्चित देखिएको पनि छ ।

सर्बहारा बर्गको अधिनायकत्वका लागी अथवा बर्गको उन्मुलनका लागि एक लामो र कठिन बर्गसंघर्षको आबश्यकता रहन्छ । जसानुसार अब नेपाली क्रान्तिका लागि नेपाल कम्युनिष्ट पार्टीले त्यसको नेतृत्व गर्दै पुराना रुढी, जडहरुलाई पन्छाउँदै शाषकहरुले फेरेका बिभिन्न मुकुटहरुलाई ध्वस्त पार्दै नेपालमा क्रान्ति पुरा गर्नेछ भन्ने बिश्वास लिन सकिन्छ ।

नेपाल कम्युनिष्ट पार्टीको आठौँ महाधिबेशनले तय गरेका निर्णयहरुले पनि नेपाली क्रान्तिमा थप उर्जा दिएको छ । कार्यनीतिलाई समय अनुकुल अगाडी बढाईरहेको छ । देशका प्रधान दुश्मन अथवा बिकाश बिरोधि अर्थात क्रान्ति बिरोधिहरु पुजिँवादीहरुका साथै दलाल भ्रष्टहरु हुन् । त्यसैले यिनीहरुको अस्थिरतालाई निश्फल बनाउन आम राष्ट्रवादी जनता, किसान मजदुरसंग हातेमालो गर्दै नेपालमा क्रान्तिको दिशालाई अगाडी बढाउनु जरुरि देखिएको छ ।

 

सर्बहारा बर्गको अधिनायकत्वका लागी अथवा बर्गको उन्मुलनका लागि एक लामो र कठिन बर्गसंघर्षको आबश्यकता रहन्छ । जसानुसार अब नेपाली क्रान्तिका लागि नेपाल कम्युनिष्ट पार्टीले त्यसको नेतृत्व गर्दै पुराना रुढी, जडहरुलाई पन्छाउँदै शाषकहरुले फेरेका बिभिन्न मुकुटहरुलाई ध्वस्त पार्दै नेपालमा क्रान्ति पुरा गर्नेछ भन्ने बिश्वास लिन सकिन्छ ।

 

हरेक नागरीक दास भएका छन । साम्यवादको कुरा गरेर नागरिकलाई दास सम्झने पुजिँवादीहरु, नामधारी कम्युनिस्टहरु सत्तालुप, पदलुप्त्त हुँदै गईरहेका छन् । नेपालमा विधमान समस्याहरु उत्तिकै बढेको छ । किसानले आफ्नो उब्जनीको साथै आफ्नो कामको प्रतिफल पाएको छैन, मजदुरहरु आफ्नो श्रमको पारिश्रमिक उचित पाएका छैनन् । उत्पीडित बर्गहरु झनै उत्पीडनमा परिरहेका छन् । नेपालका नौ जवान युवाहरु विदेशिने क्रम झन् झन् क्रमिक बृद्दी हुदै गहिरहेको छ । सीमामा समस्या उस्तै छ । मध्यम बर्गले उस्तै समस्या झेलिरहेका छन् । देशका युवा बेरोगारिको चपेटामा छन् । जुन रुपमा जनताको अधिनस्थ आधारभुत पहुँचका कुराहरु छन् जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, लगायत गाँस, बाँस, कपासको नै ठेगान छैन । यस्तो अबस्थामा देशमा श्रोत र साधान हुदाँ हुदैँ देशको श्रोत साधनमाथि बिदेशी हस्तक्षेप हुदैँ गहिरहेको छ ।

 

नेपालको माथिल्लो तह देखि तल्लो तह सम्म बिदेशी हैकम चलिरहदा देश झनै ठुलो चपेटामा पर्ने देखिन्छ । देशका नेताहरु हार जितको माला उनिन मात्र तल्लिन छन् । हार जितको खेलले उनीहरुको बिचार फेरिएको छ । जसले उनीहरु अहंकारी बनेका छन् । घमण्डी बनिरहेका छन् । यस्ता तमाम समस्याका लागि भनौ बर्गको उन्मुलनका लागि बर्गसंघर्ष अनिबार्य हुदैँ गहेको छ । संशोधनकोबादमा हुर्किएका शाषकहरु विचारहीन राजनितिमा देखिएका असन्तुलनहरुलाई थिचिएका बर्ग साथै सर्बहारा बर्ग तथा मध्यम बर्ग लगायत तमाम बुद्दिजीवी, रास्ट्रवादीहरुले बिचार गर्नुपर्ने हुन्छ । त्यसले नेपालमा क्रान्तिको अनिवार्यतालाई आत्मसाथ गर्दै सम्पूर्ण देशभक्त, प्रगतिशील शक्त्तिहरु एक हुदै अधुरो क्रान्तिलाई पुरा गर्न , सर्बहारा बर्गको अधिनायकत्व स्थापना गर्न र नेपालमा क्रान्ति सम्भब छ भन्नेमा जोड दिन आबश्यक रहन्छ । यस्तो अबस्थामा क्रान्ति देखि डराउनेहरु जनताको सत्ता प्राप्त गर्नका लागि सर्बहारा बर्गको नेतृत्व गर्न चाहदैनन् । अहिलेको परिबेशमा समयानुकुल क्रान्तिलाई अगाडी बढाउन यहि धरातलई टेकेर अगाडी बढ्नु पर्ने हुन्छ । जसको नेतृत्व पनि त्यहि अनुसार सिद्दान्त र कार्यनीति तय गर्दै अगाडि लाग्नुपर्छ ।

लेखक, जनसंचारका संवाददाता तथा रातो खबरका गण्डक संवाददाता हुनुहुन्छ

२ मंसिर २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको