शैक्षिक सुधारका लागि सिद्दार्थ मा.वि.मा सफ्ट स्किल तालिम सम्पन्न ।


पोष्टपाटी/रोल्पा 

नमुना बिद्यालय निर्माण अभियान चलिरहेको सिद्दार्थ मा.वि. घोप्टेओढार जिनाबाङ रोल्पामा सुकिदह गाउपालिका स्तरीय ३ दिने शैक्षिक सुधार कार्यशाला गोष्टि तथा तालिम सम्पन्न भएको छ । सिद्दार्थ मा.वि. घोप्टेओढारको आयोजनामा भएको तालिमको उद्घाटन असोज २४ गते भएको थियो भने २६ गते समापन भएको थियो ।

एसइइमा नेपाल भरिका सामुदायिक बिद्यालयहरुलाई पछी पार्दै तिन पटक नेपाल प्रथम भएको कालिका मा.वि. बुटवलका प्रधानाध्यापक घनश्याम पाठकको टोलि द्वारा तालिम प्रदान गरिएको थियो । आजको युग सुहाउदो शैक्षनिक बिधि बिषयक तालिममा आइसिटी, सफ्ट स्किल र आइएसए लगायतका बिषयमा तालिम तथा गोष्टि भएको हो।

सुकिदह गाउँपालिकाका ३९ सामुदायिक बिद्यालयहरुबाट २/२ जना शिक्षकहरुको उपस्थिति गराई ८० भन्दा धेरै शिक्षकहरुको उपस्थिति रहेको थियो । सहभागी शिक्षक प्रशिक्षार्थीहरुलाई दुई सेक्सनमा विभाजन गरि प्रशिक्षकहरुबाट तालिम भएको थियो । तालिममा सैदान्तिक र प्रयोगात्मक कलास दिएका थियो ।

प्रशिक्षकहरुमा कालिका मा.वि. बुटवलका शिक्षकहरु इबराज तिवारी (अंग्रेजी शिक्षक), शेखर पौडेल (कम्प्युटर साइन्स शिक्षक) र सर्भेष भेर्मा (कम्प्युटर प्राबिधिक शिक्षक) हरुको उपस्थिति रहेको थियो ।

तालिम बिद्यालयले निशुल्क ब्यबस्थापन गरेको थियो । प्रशिक्षणमा सहभागी शिक्षकहरुका लागि स्थानीय समुदायले आ-आफ्नो घरमा लिएर खान बस्नको ब्यबस्थापन गरेका थिए ।

जिल्ला शिक्षा अधिकारि कल्पना घिमिरे

तिन दिन सम्म चलेको शैक्षिक सुधार प्रशिक्षणको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा अधिकारि कल्पना घिमिरे र शाखा अधिकृत मोहन ढकाल सहितको जिल्ला शिक्षा कार्यलयको टोलि पनि उपस्थित भएको थियो । शिक्षण तालिम कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला शिक्षा कार्यलयले आफ्नो ‘कार्यक्रम प्रबोधिकरण’ प्रस्तुत गरेको थियो ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका प्रमुख बिर बहादुर खत्री रहनु भएको थियो भने विशिष्ट प्रमुखमा जिल्ला शिक्षा अधिकारि कल्पना घिमिरे, उपप्रमुख रिता घर्ति, जिल्ला समन्वय सदस्य लोकमान ओली, प्रमुख प्रशिक्षण तथा कालिका मा.वि. बुटवलका प्रधानाध्यापक घनश्याम पाठक र अतिथिहरुमा वडा कार्यपालिका अध्यक्षहरु बिभिन्न राजनीतिक दलका प्रतिनिधि र पेशागत संघठनका प्रतिनिधिहरुको सहभागिता भएको थियो ।

गाउँपालिका प्रमुख बिर बहादुर खत्री

कार्यक्रमको सभापति बि.ब्य.स. अध्यक्ष तिलकराम ओली हुनुहुन्थ्यो भने संचालक बिद्यालय प्रधानाध्यापक गोर्ख बहादुर ओलीले गर्नु भएको थियो ।

प्रविधियुक्त शैक्षिक सुधार तालिम रोल्पा जिल्लामा पहिलो पटक नयाँ शैक्षिक आयामका लागि भएको अभियान संयोजक प्रेम बहादुर ओलीले बताउनु भयो ।

नेपाल प्रथम भएका बिद्यालयहरुले आफु जस्तै अन्य बिद्यालयहरुलाई नमुना बिद्यालय बनाउन अभिमुखीकरण कार्यक्रम लिएर विभिन्न सामुदायिक बिद्यालयहरुमा यस्तै शैक्षिक जागरण कार्यक्रम नगरेको तर कालिका मा.वि. बुटलले भने देशका विभिन्न बिकट क्षेत्रहरुमा शैक्षिक सुधारका लागि तालिमहरु प्रदान गर्दै आएको छ र कालिका मा.वि. बुटवल संचालन गर्दै आएको शिक्षण बिधि अन्तर्गत सफ्ट स्किल प्रशिक्षण विधि देश भरि चर्चाको बिषय बनेको छ ।

समाचारका लागि सिद्दार्थ मावि सुचना बिभाग प्रमुख केबी गुरुङ     

१ कार्तिक २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको