रोल्पा जलजला सेवा समाजको कार्यक्रम हुन मात्र २ दिन बाँकी


पोष्टपाटी । चोम बिष्ट कतार

‘प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना, बडा दशै तथा शुभ दिपावलीको शुभकामना’ भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाजले मध्य पूर्वको खाडिमुलुक देश कतारमा कार्यरत रोल्पाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थितिको बिच हुने कार्यक्रम छ ।

समाजले हरेक वर्ष हिन्दु धर्मावलम्बीहरुको महान चाड दसै तिहार पर्वको अवसरमा रोल्पा परिवार भित्र रहेर मनाउदै आइरहेको छ। साथै यसपटक पनि हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडा दसै शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान देउसी भैलो कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रमले प्रवासमा रहेर पनि स्वदेशमै रहेको अनुभुती दिलाउने खालको मनोरञ्जनात्मक प्रस्तुति संगै देउसी भैलो मारुनी नाच नृत्य रमाइला रमाइला प्रस्तुति समेत रहने भएको छ।

कार्यक्रम यही आउदो शुक्रबार अर्थात २० अक्टोबर २०१७ तारिख दिन रोटना रेष्टुरेन्ट सभाहल सनैयामा दिउँसो १२ बजेबाट सुरु हुने छ ।

रोल्पा जलजला सेवा समाज कतार द्वारा आयोजित जिल्ला सस्था द्वारा समन्वय साबिकका गा.बि.स. स्थरिय संघ सस्थाको बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम २०७४ साल आयोजक सस्थाहरु यस प्रकार छन:-

रोल्पा जलजला सेवा समाज कतार
बराह क्षेत्र संरक्षेण समिती बडाचौर रोल्पा कतार
राक प्रवासी सेवा समाज कतार
रोल्पा गुम्चाल प्रवासी सेवा समाज कतार
जनप्रगतिसिल सेवा समाज सिर्प ७ रोल्पा कतार
दलित एकता संजाल बडाचौर ५ रोल्पा

१ कार्तिक २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको