ब्लड क्यान्सर पिडित बालकलाई एनआरएन स्विडेनको सहयोग


पोष्टपाटी/काठमाडौं,

१ आश्विन -सिन्धुली मरिण गाउँपालिका ३ निवासी कान्छीमाया थिङका ५ बर्षिय नाति निमा लामालाई ब्लड क्यान्सर भएपछी उपचारका लागि हारगुहार गरिरहेका छन् । अति गरिबीका कारण उपचार गर्न समस्या परेपछी उनकी हजुरआमा कान्छीमाया थिङले नातिलाई बचाईदिन सहयोगी मनहरुलाई अनुरोध गर्दै आएकी छन् ।

आमा सेती माया सुत्केरी अबस्थामा रहेको र बिरामी भएर गाउमै सामान्य उपचार भैरहेको छ भने बाबा  टलक लामा कतारमा २ बर्ष देखि ड्राइभर छन् । बृद्द हजुरआमाले क्यान्सर पिडित नातिलाई काठमाण्डौको महाराजगन्जमा रहेको कान्ति वाल अस्पतालको वालवार्ड वेड नम्बर १ मा उपचार गराई रहेकी छिन ।

उनको उपचारका लागि केहि संस्थाहरुले सहयोग पहल गरेका छन् । सार्थक संस्थाका अध्यक्ष भरत गौतम मार्फत एनआरएनए स्विडेनका सल्लाहकार सदस्य दिप थापाको सक्रियतामा ‘एनआरएनए स्विडेन’ले सहयोगका लागी हात बढाएको छ ।

बालकको उपचारका लागि हातेमालो गर्दै १,८५,८५० (एकलाख पचासी हजार आठसय पचास) रकम एनआरएन स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठले सार्थक संस्थाका अध्यक्ष भरत गौतम र हजुरआमा कान्छीमाया थिङलाई हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले कान्ति वाल हस्पिटलमै पुगेर उक्त रकम हस्तान्तरण गर्नुका साथै बिरामीको अबस्था बारे उपचारमा संलग्न डा. कैलास कुमार संग परामर्श लिनु भएको थियो ।

उनको उपचारमा संलग्न डाक्टरका अनुसार क्यान्सर पिडित निमा लामालाई ३ वर्ष सम्म निरन्तर औषधि दिनुपर्ने छ । डाक्टरको भनाई अनुसार करिब ७/८ लाख खर्च लाग्ने भएको छ ।

५ बर्षे बालक निमा लामाको उपचारका लागि अझै रकम अपुरो भएकोले सहयोगका लागि हजुरआमाले सबैलाई सहयोग गरिदिन आग्रह गर्नु भएको छ । क्यान्सर पिडितको सहयोगका लागि सार्थक संस्थाले समन्वयकारी भूमिका निर्बाह गरिरहेको छ ।

१ कार्तिक २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको