काठमाडौं –गायिका मिलन अमात्यले आफ्नो व्यक्ति जीवनको बारेमा मिडियामा जथाभावी नलेखिदिन शुभ चिन्तक तथा सन्चारकर्मीहरुलाइ अनुरोध गरेकी छिन्।
सोमबार श्रीमान्सँगको डिभोर्सको समाचार आउन थालेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेकी हुन्।
उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, ‘म एउटा विशुद्ध नेपाली सँगीतको साधना र पूजा गर्ने तपाँईहरुको प्रिय गायिका हुन हरदम प्रयासरत सँगित साधक हुँ। मेरो बारेमा अनावश्यक विषयहरु प्रकाशन हुँदै गरेकोप्रति मेरो ध्यानाकर्षण भएको छ।’
उनले आफ्नो पारिवारिक व्यक्तिगत कुराको बारेमा मिडियामा प्रचार गर्न नचाहेको उल्लेख गर्दै यसलाई नराम्रो नबनाइदिन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जिबन छ, परिवार छ अनि मेरो पनि मन छ र दु:ख पर्दा म पनि रुन्छु !अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न नगराउन मेरो हार्दिक अनुरोध !’
उनले अहिलेसम्म आएका नकारात्मक कुराहरुबारे कानुनी सल्लाहकार टिमसँग कुरा गरिरहेको बताएकी छिन्।उनले आफूले अरुलाई नराम्रो गर्ने चाहना नरहेको र आफू अहिले असजिलो अवस्थामा रहेको बेला थप पीडा दिएर पीडित नबाइदिन सबैसँग आग्रह गरेकी छिन्।
मिलनका पछिल्लो गाला रातौ, स्लोली स्लोली, जहिलेसम्म, किन लायौ, दुई थोपा आँसु, विश्व सुन्दरी लगायतका जस्ता चर्चित गीतहरुमा मिलनले स्वर दिएकी छन्।
प्रतिक्रिया दिनुहोस