खै कहाँ बाट सुरु गरौ सम्बोधन!
मैले दिने मात्रै एउटा शब्द हो केवल धन्यवाद।
हामी बाग्लुङमा जन्मेयौ तर आफुले जानेको बुझेको काम गर्नुपर्छ भनेर कहिलै हात बाधेर बसेनौ । एक अर्काको परिपुरक साथी र यात्राको दुई पांग्रा बन्यौ ।
धेरैले चिन्नु हुन्छ हङकङकी जुनु राना मगरलाई। मान्छे पनि हसिलो, राम्री पनि असाध्यै, दुख देख्न नसक्ने । केही गरौ, जुटौ अगाडि बढौ, जानेको कुरा सिकाउ, आफुले पनि सिकौ र बुझौ भनेर आवाज दिने अब्बल नारी जुनु।
अँध्यारो रातलाई उज्यालो दिने आकाशको ‘चन्द्रमा’ वा ‘जुन’ अर्थात जुनु राना ।
नेपाली भाषामा भन्छन् नि ‘उकालो चढेर पसिना निकाल्ने अनि स्वच्छ बन्ने, पहाड चढ्ने, वारि पारी रमाइला दृश्य हेर्ने, यस्लाइ इङलिस नामकरण आफै गर्नु होला, यस्तै पहाड चढ्नलाई संगी साथि बटुलेर घुम्न जाँदा अलिअलि सहयोग जुटाउदै यता टुहुराहरुको मुहारमा उज्यालो छर्ने चेष्टा गरिन ।
हो यसरी साथीहरू बटुलेर घुम्न जादा केही रकम कलेक्सन गरौ । असाय, गरिब, नानी बाबुहरुलाई शैक्षिक सामाग्री वितरण गरौ । भन्ने मनसायले थोरै थोरै रकम जम्मा गर्नु भयो। महान आत्मा भएका साथीहरूले कलेक्सन गर्दा पहाड चढ्दा चढ्दै १ लाख ७ हजार भए छ।
अनि अनाथ तथा टुहुरा बालबालिकाहरुका लागि सर्लकै नेपाल आइपुग्यो ।
जुनु रानाको पहाडमा उकाली ओराली गर्ने टिम उपस्तिथित हुन नसके पनि हङकङकी जुनुले बाबा आमालाइ मार्फत नेपालमा एकीकृत शिर्जनसिल समाजलाई सो रकम हस्तान्तरण गर्नु भएको थियो ।
यो रकम तीन महिना अगाडि आएको हो । हङकङमा जुनु रानाले उतिबेला नै पोस्ट गर्नु भएको थियो तर आज मैले स्कुलमा यहि रकम नानी बाबुहरुको फिस तिरेको छु र फेरि पोष्ट गरेर सम्झेको हुँ ।
जुनु राना लगाएत हाइकिङमा जाने सम्पूर्ण साथीहरूलाई धन्यवाद ।
तपाईंहरुको सहयोग दायाँबायाँ नभई सिधै नानि बाबुहरुको भबिस्यमा लगानी भएको छ । उनीहरुको बेखुसिको अँध्यारो चिरेर जुन झल्कि रहेको छ ।अनाथको मुहारमा जुन छरिदिन, हङकङमा जुनु रानालाई साथ दिने सम्पूर्ण मनकारी साथीहरूलाई सलाम छ ।
तपाईंहरुको यस्तै साथ र सहयोगले यी अनाथहरु एकदिन नेपालको राष्ट्रनायक हुनेछ्न र तपाईंहरुको सहयोग इतिहासको दस्तावेजमा पल्टाएर हेर्ने छन र गर्व गर्नेछन् ।
सहयोग गर्नुहुने महान धनिहरुको सहयोग नाम टिपेर सुरक्षित राखिदिएको छु । यसरि नै आमाको कर्तब्य निर्बाह गर्नेछु । धन्यवाद जुनु, तिम्रो जुन यसरि नै चम्की रहोस, जसले यस्तै अनाथहरुको मुहारमा उज्यालो छाई रहनेछ ।।
उही जुनु पुन मगर, हाल काठमाडौं !
प्रतिक्रिया दिनुहोस