प्रदेश नम्बर – २ मा एमाले नै पहिलो शक्ति हुन्छ– नेता खरेल


झापा :  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गरेका छन् ।

पूर्व कानून मन्त्रीसमेत रहेका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुने विश्वास व्यक्त गरे ।

एमाले प्रचार विभाग झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खरेलले नेपाली कांंंंंग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाउनुको सट्टा छलछाम गरेरै अघि बढ्न चाहिरहेको आरोपसमेत लगाए ।

व्यवस्थापिका–संसद्को अवधि कात्तिक ४ गते सकिन लागेको भए पनि आवश्यक निर्वाचन ऐन तथा कानून सरकारले संसदमा छलफलका लागि नल्याएको भन्दै नेता खरेलले राष्ट्रियसभा निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका लागि हालसम्म कुनै ऐन प्रस्ताव नगरेको नेता खरेलले बताए । अन्नपूर्ण दैनिकमा खबर छ |

२ आश्विन २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको