पिएसजीमा नेइमारले पेनाल्टी हान्न इक्छुक तर काभानीले दिएनन, युभेन्टसमा पाउलोको ह्याट्रिक


असोज २ – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो छैटौ विजयी यात्रा कायम राखेको छ । घरेलु मैदानमा भएको खेलम पिएसजीले लियोनलााई २–० ले हराएको हो ।

यो जित संगै लिगको सिजनमा पिएसजीको लगातार छैटौं जित हो । पिएसजीको जितमा गोल भने पिएसजीका खेलाडीले गरेका होइनन् । दुवै गोल लियोनका खेलाडीले आत्मघाती गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको अन्तिम १५ मिनेट लियोनका लागि घातक बन्यो ।

 

७५ औं मिनेटमा लियोनका गुएडिस फिल्होले आत्मघाती गोल गरेपछि पिएसजीले अग्रता लियो । ८६ औं मिनेटमा लियोनका मोरेलले फेरि आत्मघाती गोल गरेपछि पिएसजी २–० ले विजयी भयो । दोस्रो उपहार गोल पाउनुअघि पिएसजीले पेनाल्टीको अवसर पाएको थियो ।

तर पेनाल्टी प्रहार गरेका एडिसन काभानी गोल गर्नबाट चुके । नेइमार पनि पेनाल्टी प्रहारका लागि इच्छुक थिए । तर काभानीले बल लिएर पेनाल्टी प्रहार गरे र त्यसमा चुके । लगातार ६ खेल जितेको पिएसजी १८ अंकसहित शीर्ष स्थानमा छ ।

यता इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति नै भएको खेलमा युभेन्टसले पनि विजयी यात्रा कायम राखेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले सोसुओलोलाई ३–० ले हराएको हो ।

युभेन्टसको जितमा तीनै गोल पाउलो डिबालाले गरे । युभेन्टसबाट एक सयौं खेल खेलेका डिबालाले ह्याट्रिक गरे । अर्जेन्टिनी स्ट्राइकर डिबालाले १६, ४९ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

डिबालाले युभेन्टसबाट एक सय खेलमा ५२ गोल गरेका छन् । डिबालाले यो सिजनका चारै खेलमा गोल गरेका छन् । उनी लिगका सुरुका चार खेलमा गोल गर्ने युभेन्टसका पहिलो खेलाडी हुन् । उनले यो सिजन सिरी एमा ८ गोल गरिसकेका छन् । डिबाला युरोपका शीर्ष पाँच लिगमा सुरुका चार खेलमा ८ गोल गर्ने वायने रुनीपछिका पहिलो खेलाडी हुन् ।

रुनीले सन् २०११–२०१२ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट सुरुका चार खेलमा ८ गोल गरेका थिए । डिबालले यो सिजन लगातार दोस्रो पटक ह्याट्रिक गरेका हुन् । लगातार चार खेल जितेको युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वेनेभेन्टोलाई ६–० ले हराएको नापोली चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ

२ आश्विन २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको