माओवादी केन्द्र कांग्रेसको पुच्छर हो :- डा. शशांक कोइराला


स्थानिय निर्वाचनमा सहकार्य गरेका दुइ दल माओवादी केन्द्र र नेपाली कङ्रेसके प्रमुख प्रतिपक्षी दल एमाले विरुद्ध सवै तहका निर्वाचन र निर्वाचनपछि पनि सहकार्य गरेका सत्तारुढ कांग्रेस–माओवादीका नेताहरुले एक अर्कालाई आफ्नो पुच्छर भएको आरोप लगाएका छन् । प्रदेश २ को स्थानीय तह चुनाव प्रचारका क्रममा तराईमा रहनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको अहंकारका कारण प्रदेश २ को स्थानीय तहमा प्रभावकारी तालमेल हुन नसकेको वताएकै भोलिपल्ट कांग्रेस महामन्त्री डा शशांक कोइरालाले बीरगञ्जमा आयोजित सभामा माओवादी कांग्रेसको पुच्छर भएको वताउनु भएको हो ।

एमालेलाई छेक्न यी दुवै दलले तीनै तहका चुनाव र अन्य सामाजिक संघ संस्थाका चुनावमा पनि तालमेल गर्दै आएका छन् । दुवै दलले चुनावी तालमेल गरे पनि स्थानीय तहका २ चरणका निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेलाई रोक्न स्थानीय तहको चुनावलाई पनि उनीहरुले योजनावद्ध रुपमा तीन तहमा बाँडेका थिए ।
भारतीय संस्थापनको योजना अनुरुप उनीहरुले एमाले विरुद्ध पालैपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरी सरकारमा साझेदारी गरिरहेका छन् । प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय चुनावमा उनीहरुले वडा तहदेखि प्रमुख उपप्रमुख पदमा संयुत्तः उम्मेदवारीको गृहकार्य गरेका थिए । तर, वडाका उम्मेदवारमा भागबण्डा नमिल्दा उनीहरुले सोचेजस्तो औपचारिक तालमेल हुन सकेन । दुई दलका नेताहरुले एक अर्कालाई आफ्नो दलको पुच्छर भएको वताएका हुन् ।
‘माओवादीले केही गर्न पनि सक्दैन, उसको कुनै हैसियत पनि छैन’ बीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले भन्नुभयो । यसको एकदिनअघि माओवादी अध्यक्ष दाहालले कांग्रेसको अहंकारका कारण चुनावमा तालमेल प्रभावकारी हुन नसकेको वताउनुभएको थियो । दाहालले कांग्रेसको अहंकारका कारण तालमेल हुन नसकेको अभिब्यक्ति दिएपछि कांग्रेस कार्यकर्ताहरुले त्यसप्रति तीब्र प्रतिक्रिया दिएका छन् । ‘भरतपुरमा वडा अध्यक्ष समेत जित्ने हैसियत नभएकी आफ्नी छोरीलाई कांग्रैसले मेयर बनाइदिने अनि उल्टै कांग्रेसलाई अहंकारी भन्ने ?’ कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।
राजनीति पाटीबाट

२ आश्विन २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको