जनप्रगतिशिल मञ्च स्विजरल्याण्डको सहयोगमा राहत वितरण र चर्पी निर्माणगर्दै दिपेशको उद्दार टिम


पोष्टपाटी/सुनसरी

बाढी पसेर जलमग्न भएको मधेशमा उद्दारका लागि अहोरात्र खटिरहेका उपराष्ट्रपति पुत्र दिपेश पुन र उनकै नेतृत्वमा उद्दार कार्यमा जुटेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) संघठनले बाढी पिडितहरुलाई राहत वितरण गरेको छ। नेपाली जनप्रगतिशिल मञ्च स्विजरल्याण्डको आर्थिक सहयोगमा संघठनका सचिव दिपेशको नेतृत्वमा अखिल (क्रान्तिकारी) ले सुनसरी ईटहरी बाढीपिडित बस्तिमा राहत वितरण गरेको छ।

बाढीले घर र चर्पीहरु भत्किएपछि बाढी पिडितहरुले दिशागर्ने चर्पी पनि नहुँदा महामारी फैलिनसक्ने भएकोले चर्पीको सामाग्री किनेर अस्थाई चर्पी निर्माणमा जुटेको बिद्यार्थी युनियन (क्रान्तिकारी)का सचिप दिपेश पुनले पोष्टपाटी संग बताउनु भयो।

नेपाली जनप्रगतिशील मञ्च स्विजरल्याण्डले बाढी पिडितहरुका लागि ६० हजार ७ सय ४४ नगत सहयोग गरेको छ। त्यसैगरि पर्यटन व्यवसायी राम नेपालले ५० हजार सहयोग गर्नु भएको थियो र झण्डै एकलाख बराबरको राहत वितरण भएको छ, साथै बाढीपिडितहरुको बस्तीमा सामान व्यवस्थापनमा सक्रिय भएर लागेको पुनले बताउनु भयो। यसरि अन्य देशहरुबाट पनि बाढी पिडितहरुलाई सहयोग आउने क्रम जारिरहेको उद्दारमा खट्नु भएको उपराष्ट्रपति पुत्र दिपेश पुनले बताउनु भयो।

मधेश बाढीमा डुवान भए लगतै दिपेश पुन र उनको बिद्यार्थी संगठन मधेश मै उद्दार कार्यमा जुटिरहेको छ। उनीहरु बाढीपिडितहरु संगै बस्दै आएका छन्।

२ भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको