राजपाको अस्वभाविक हठको संकेत के हो?


पृथीछक बुढा मगर

देशमा अहिले पहिलो चरणको तीन प्रदेशमा चुनाव सम्पन्न भएको छ भने १,२, ५ र ७ को चुनाव हुन अझै बाकी छ । सरकारले असन्तुष्ट पक्षहरुलाई विशेषगरी राजपालाई चुनावमा समेट्न जेष्ठ ३१ गते चुनाव गराउने भनिएकोमा असार १४ गते सारेको थियो । तर असार १४ गते हुने भनिएको चुनाबमा राजपाले भाग नलिने जनाईसकेको छ । चुनाव बिथोल्न उसले मसाल जुलुस, स्थानिय निर्वाचन कार्यालयमा ताला लगाउने देखि लिएर आम हडतालसम्मको हठकण्डा अप्नाउने भएको छ ।

३१ जेष्ठमा हुने चुनाव सार्न सरकार र राजपा विच सहमती भएरै असार १४ मा चुनाव सारिएको थियो । तर सहमती भएर तोकिएको चुनाबको तिथि नजिकिदै गर्दा फेरि विभिन्न माग अघि सारेर निहुँ खोजिरहेको छ । केहि दिन अगाडी भारतिय राजदुतसंग राजपाका नेताहरुले भेट गरेका थिए भन्ने सुनियो । त्यसपछि उनिहरु सहमतिवाट युटर्न भएको मान्न सकिन्छ । भारत पहिलै नेपालमा संविधान घोषणा भएको रुचाएको थिएन । पछिल्लो चरणमा भारतिय दुतावास र राजपा नेताहरुको गोप्य बैठक बसेपछि चुनाव आगावै आफ्ना मागहरु पूरा गर्नुपर्ने सर्त अघि सारेको हो । अहिले राष्ट्रिय जनता पार्टीले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, आन्दोलनका क्रममा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लगायतका माग राखेको छ । यता पुरै देश निर्वाचनमय भैरहेको बेला राजपाले असार १४ गतेको चुनाव सार्न राखेको प्रस्ताव सरकारले अस्वीकार गरेपछि राजपाले आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । चुनाव बिथोल्ने उद्देश्य सहित उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने कार्यक्रम रहेको राजपाले बताएको छ ।

धेरै आन्दोलन र संघर्ष पछि प्राप्त जनताको अधिकारलाई सस्थागत गर्ने जनताको चाहनालाई निर्ममता पुर्वक हत्या गर्न राजपा जुन ढंगले प्रस्तुत भएको छ, त्यसको जवाफ अब मधेसका जनताले दिने वेला आएको छ । जनताले उसको कालो नियत माथी आँखा खोलेर हेर्न र बुझ्न आबस्यक समय हाम्रो निकटमा आईसकेको छ ।

त्यो मान्न सकिन्छ, बास्तवमा मधेसका जनता र कर्णालीका जनता तत्कालीन केन्द्रीकृत राज्य ब्यबस्थावाट अपहेलित भएकै थिए । कर्णाली जाग्नु पर्छ, मधेस पनि जुरमुराउनु पर्छ । त्यही बर्ग र क्षेत्रका जनताहरुको लागि नै अहिलेसम्मका आन्दोलनका लक्षहरु थिए । तर बिचमा आएर मधेसका जनताको नाममा बिदेशीहरुले खुलमखुल्ला खेल्न थाले । अब मधेसी जनताले मधेसको भुमिलाई बिदेशिको फुटबल मैदान हुनवाट बचाउने वेला आएको छ ।

प्राकृतिक बिपत्तिले जरजर भएको देशमा उनैको नाममा छिमेकीले नाकावन्दी गर्‍यो । नाकावन्दीले साह्रा नेपालीको मुटु दुख्दा यिनै दलका नेताहरुले आफ्ना आसेपासेहरुलाई छिमेकीको आढमा नेपालतर्फ फर्किफर्की ढुंगा बर्षाउन आदेश दिए । देशको अस्मिता लुटिरहेको वेला सिमानामा छाती थाप्ने बहादुर मधेसीको जरुरत थियो तर अहिलेका दलहरु जो मधेसी जनताको अधिकारको लागि लड्छौँ भन्छन्, यिनै नेताहरुले मातृभुमिको छातीमा बिदेशीले अत्यचार गरिरहेको वेला खुसिले ताली बजाए । के यिनिहरुलाई राष्ट्रवादी नेपाली मान्न सकिन्छ ? के यस्ता नेताहरुवाट देशको सिमाना बचाउने कुरामा बिस्वास मान्न सकिन्छ ? मधेसी जनताले बुझ्ने वेला आएको छ ।

पाँचवटा मधेसका पार्टीहरु एकीकरण भएर भारतीय जनता पार्टीको नाम छनक दिने जुन राजपा राखे यो केवल संयोग मात्र हुन सक्दैन । पार्टी एकीकरणपछिको राष्ट्रिय जनता पार्टी र भारतको राष्ट्रिय झण्डालाई हेरौं, दुबै झण्डाको माथी रातो, बिचमा सेतो र तल हरियो छ । यदि विचको छातालाई निकाल्ने हो भने भारतको राष्ट्रिय झण्डा र राजपाको झण्डामा केहि फरक हुनेछैन । यो त्यसै राखिएको होइन, जानिबुझी बडो डिजाइनको साथ राखिएको हो । मधेसी जनताले यो भित्रको षडयन्त्रलाई केल्याउने दिन आईसकेको छ ।

जसलाई नेता भने तिनिहरुको बारेमा मधेसी जनताले जानकारी लिनै पर्छ । को हो महन्थ ठाकुर ? को हो राजेन्द्र महत्व ? को हो अनिल झा ? यी तिनै मान्छेहरु हुन् जो किर्ते गरेर नेपालको नागरिकता प्राप्त गरे । छोराले नागरिकता पाएपछि बाबुलाई नागरिकता दिलाउने यिनै मान्छेहरुको झुण्ड हो । सरकारले यिनै नक्कली नेपालीहरुको नागरिकता छानबिन गर्न जरुरी छ । यिनिहरुको काधमा बन्दुक तेर्साएर भारतले नेपालको सार्बभौमसत्ता माथी धावा बोलिरहेको छ।

भारतले नेपाललाई पनि सिक्किम वनाउन चाहन्छ । यो त दिनको घाम जस्तो छर्लङ्ग छ । सन् १९७५ मा सिक्किमलाई भारतमा गाभे पछि सन २००० सम्ममा नेपाल लगायत भारतका ससाना कम्जोर छिमेकी राष्ट्रहरुलाई पनि आफैसंग बिलय वनाउने भारतको खुफिया एजेन्सी `रअ´को ग्याम प्लानिङ थियो तर आजसम्म असफल भयो तर ग्याम निरन्तर जारी नै छ । १९७५ मा जस्तो भारतले नेपाललाई निल्ने बिश्व परिस्थितिले साथ नदिएपछि उ नेपालमा क्रिमियाको नयाँ संस्करणलाई अभ्यास गर्न चाहन्छ । जसरी रुसले क्रिमियामा रुसीवासीहरुलाई उचालेर रुससंग विलय हुन जनमत संग्रह गरायो त्यस्तै ग्याम प्लानिङका साथ मधेसका जनताहरुलाई उचालेर भारतले तराईलाई निल्न चाहेको हो । यहि प्लानिङका साथ नेपालको तरल राजनितिको फाइदा उठाएर भारतले अंगिकृत नागरीकको रुपमा घुसेका आफ्ना एजेन्तहरुलाई प्रयोग गरिरहेको छ ।

प्रदेश सिमानामा एक मधेस एक प्रदेशको माग त्यसै उठेको होइन । मशेसी जनताको नाममा उनिहरुको एजेन्तहरुको मुखवाट भारत वोलेको हो । भारत किन एक मधेस एक प्रदेश चाहन्छ ? यो उसको बडो कुटिल चाल हो । यस भित्र उसलाई फाइदै फाइदा छ । पहिलै भनिसकिएको छ कि भारत नेपाललाई निल्न चाहन्छ । मधेस छुट्टै राज्य भयो भने त्यसमा उसलाई खेल्न सजिलो हुनेछ ।

जव मधेस एउटा छुट्टै राज्य हुनेछ तब त्यस राज्य सरकारसङ्ग भारतले विभिन्न सम्झौता गर्न खोज्ने छ । यदि भारतको स्वार्थमा केन्द्रिय राज्यले हस्तक्षेप गरेर बाधा पुग्न गएमा उसले परिचालित गरेका दलालहरु मार्फत केन्द्रिय राज्य बिरुद्ध आन्दोलन गर्न लगाउनेछ । केन्द्रिय सरकार र राज्य सरकार बिचको अन्तरविरोधमा भारतले फाइदा उठाउनेछ । अन्तिम बिकल्पमा सिके राउट जस्तै फ्री मधेससम्मको माग गर्न लगाउने छ । भारतले यहि ग्याम प्लानिङका साथ काम गरिरहेको छ । यो महत्त्वपूर्ण कुरा मधेसका जनताले बुझ्न सकेन भने इतिहासकै ठूलो भुल हुनेछ ।

जसलाई नेता भने तिनिहरुको बारेमा मधेसी जनताले जानकारी लिनै पर्छ । को हो महन्थ ठाकुर ? को हो राजेन्द्र महत्व ? को हो अनिल झा ? यी तिनै मान्छेहरु हुन् जो किर्ते गरेर नेपालको नागरिकता प्राप्त गरे । छोराले नागरिकता पाएपछि बाबुलाई नागरिकता दिलाउने यिनै मान्छेहरुको झुण्ड हो । सरकारले यिनै नक्कली नेपालीहरुको नागरिकता छानबिन गर्न जरुरी छ । यिनिहरुको काधमा बन्दुक तेर्साएर भारतले नेपालको सार्बभौमसत्ता माथी धावा बोलिरहेको छ ।  मधेसका नेपाली जनताले बुझ्न जरुरी छ कि, जसलाई उनिहरुले नेता माने ती नेपाली नै हुन कि अंगिकृत बिदेशी हो भनेर । आज तिनै मान्छेहरुवाट नेपालवाट मधेसलाई छुट्टै राज्य बनाउनुपर्छ भनेर आवाज उठिरहेको छ र सोझा मधेसी दाजुभाईहरुले जोडजोडले ताली ठोकिरहेका छन् ।

दक्षिणको छिमेकी अझै पनि नेहरु र इन्दिरा गान्धीकै प्लानिङमै चलिरहेको छ । त्यही प्लानिङ मुताविक सिक्किमको स्वातन्त्र अस्तित्वलाई नामेट गराईदिए । इन्दिरा गान्धिले श्रीलंकामा गएर घोषणा गरे कि बौद्ध मार्गी सिङ्गालाम र हिन्दु धर्म मान्ने तामिलहरु दुई फरक सम्प्रदायहरु हुन् । यिनिहरुको राष्ट्र फरक फरक हुनुपर्छ भनेका थिए । अन्ततः तीस बर्ष लामो तामिल बिद्रोह झेल्यो श्रीलंकाले । त्यस्तै घोषणा पाकिस्तानमा पनि भयो, बङ्गाली भाषी र उर्दु भाषिहरुको फरक फरक राष्ट्र हुनुपर्छ भनेर । त्यो पनि टुक्रियो । नेपालमा त्यही अभ्यास भईरहेको छ । भारतले तराईलाई नेपालवाट यहि तरिकाले बिभाजित गर्न चाहन्छ । बिजेपिका एकजना सभासदको अभिब्यक्ती यहाँ जोड्न उपयुक्त लाग्यो, उसले चुरे सहित तराईका १५ वटा जिल्ला भारतमा गाभ्नुपर्छ भने । भाजपाका सभासद र नेपालका राजपाका मागको बिचमा जरुर `दाल मे कुछ काला हे´ भनेर बुझ्दा अनुपयुक्त नहोला ।

मधेसी जनताको लागि RJP भन्दा कयौं गुणा अन्य दलहरु बढी संबेदनसिल भएको मान्न सकिन्छ । काङ्ग्रेस, कम्युनिस्ट भित्र पनि कयौं राष्ट्रवादी मधेसी नेताहरु पाउन सकिन्छ । मधेसी जनताले अब नेता चिन्न, उसको जन्म कुण्डली खुट्याउन अवेर गर्नु हुँदैन । अब मधेसी जनता जाग्नुपर्छ प्रतिरोध युद्धमा । ईतिहास सधैं लेखिदैन । जनताको रगतबाट प्राप्त भएको उपलब्धिहरुलाई सस्थागत गरिरहेको यो अभियानमा यदि कुनै बिदेशी दलालले अबरोध गर्न खोज्दछ भने त्यसको जवाफ मधेसी जनताले दिने सुनौलो इतिहासमा हामी उभिएका छौं । त्यसैले दल चिनौं । दलाल चिनौं । आफैलाई प्रश्न गर्न जरुरी भएको छ, राजपाको अस्वभाविक हठको संकेट के हो ? के उसले देश बेच्न खोजेको हो ? के उसले नेपाललाई असफल राष्ट्र बनाउन चाहेको हो ? प्रश्न गम्भीर छ । इतिहासले यहि बोध गरिरहेको छ । यहि वोलिरहेको छ ।

४ असार २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको