रोल्पाको सुकिदह गाउँपालिका कार्यालय र वडा कार्यालयहरुमा स्थानीयले तालाबन्दी गरेका छन । गत मंसिर २९ गते गाउँसभाले सुकिदह गाउँपालिकाको नाम गंगादेव र केन्द्र सुखाओढारलाई परिवर्तन गरि सानडाँडा बनाएकोमा स्थानीयहरु रुष्ट बनेका थिए ।
गाउँसभाले गरेको उक्त निर्णयको बिरोध गर्दै, आईतबार सुकिदहमा बिरोध प्रर्दशन समेत भएको छ । सुकिदहबासीको भावनालाई नबुझेर आफ्नो ब्यक्तिगत स्वार्थका गरेको निर्यण सच्चाउनु पर्ने स्थानीय दिपेन्द्र डाँगीले बताए ।
२९ गतेको निर्णय सच्चाउन माग गदै ज्ञापनपत्र लिएर कार्यालय पुगेका स्थानीयलाई गाउँपालिका उपाध्यक्ष रिता घर्तीले ब्यवास्था गरेको भन्दै उनीहरुले गाउँपालिका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन । गाउँपालिका अध्यक्ष बीर बहादुर केसीको अनुपस्थिति र उपाध्यक्ष घर्तीले ज्ञापनपत्र नबुझेपछि उनीहरुले आक्रोष समेत ब्यक्त गरे ।
कार्यालयहरुमा तालाबन्दी गरे लगतै आन्दोलन संशक्त बनाउन संर्घष समिति समेत गठन गरिएको छ । स्थानी रोशनकुमार वली संयोजक रहेको समितिमा २७ जना सदस्य रहेको दिपेन्द्र डाँगीले जानकारी दिए ।
निजि स्वार्थका लागि ब्यक्तिको नामबाट नामाकरण गरिएको गाउँपालिकाको नाम र अपायक, अब्यबस्थीत ठाउँमा राखिएको केन्द्र सुकिदहबासी कुनैपनि हालतमा नमान्ने संयोजक वलीले बताए ।
नेपाली आउटलुकबाट
प्रतिक्रिया दिनुहोस