क्रिकेटले दियो फेरी खुसि : सिंगापुरलाई हराउँदै नेपाली क्रिकेट टिमले उपाधि जित्यो


पोष्टपाटी/काठमाडौं, पुस २

नेपालले १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा  आइतबार भएको फाइनलमा  सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो । नेपाललाई जिताउन सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३–३ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका विशालविक्रम केसीले ६३ रन बनाए । ७९ बल खेलेका केसीले ४ चौका र १ छक्कका हाने ।

यस्तै नट आउट रहेका नारायण जोशीले २३ बलमा ४६ रन बनाए ।

विस्फोटक ब्याटिङ गरेका जोशीले ५ चौका र १ छक्का हानेका थिए । यस्तै सुवास ऐर २२, तृतराज दास १९ तथा सुनिल भण्डारी १५ रनमा आउट भए ।

२ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको