ओलीले भने वाम गठबन्धनलाई सत्तामा जाने अधिकार जनताले दिए अब सरकार छोड


पोष्टपाटी/२ पुष २०७४  

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनमतको सम्मान नगरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार वाम गठबन्धनले राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘वर्तमान सरकार जनताले दिएको जनमतको अपमान गर्दै लोकतान्त्रिक मान्यता विपरित अगाडि बढेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्न ओलीले आग्रह गरेका छन्।

‘जनताले दिएको मतको सम्मान गर्दै सरकारले नयाँ सरकार गठबनको मार्ग प्रशस्त गर्नुपर्छ’, ओलीले भने, ‘वाम गठबन्धनलाई अगाडि बढ्ने अधिकार जनताले दिएकाले यो प्रक्रियालाई कसैले रोक्न सक्दैन ।’

ओलीले निर्वाचनको मतपरिणाम आइसकेको अवस्थामा सरकारले सरुवा, बढुवा, नियुक्ति गरेर लोकतान्त्रिक मान्यता विपरित गतिविधि सञ्चालन गरेकोप्रति समेत आपत्ति जनाए ।


यो पनि पढ्नुहोस 

बामपन्थी सरकारको नेतृत्व गर्न आतुर ओलीले भने ‘नेपाललाई छिट्टै गरिवीमुक्त राष्ट्र बनाउछु’

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिवीमुक्त राष्ट्र बनाउने घोषणा गरेका छन् ।

अध्यक्ष ओलीले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिवी हटाउने बताएका हुन् ।

बामपन्थी गठबन्धनले स्पष्ट बहुमत ल्याएसँगै सरकारको नेतृत्व लिने तयारीमा रहेका उनले आफ्नै निवास बालकोट पुगेका नेपाल उद्योग परिसंघको नेतृत्वसँग मुलुकबाट गरिवी हटाउन आफूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उच्च प्राथमिकता दिने योजना पनि सुनाए ।

अध्यक्ष ओलीले अहिले विश्वनै उत्पादन बढाएर गरिवी हटाउने अभियानमा लागिरहेको स्मरण गराउँदै नेपालले पनि सोही बाटोबाट अघि बढनुपर्ने बताए । उनले लगानी वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा नेपाल अव अघि बढने पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले निर्यात व्यापार प्रवद्र्धन, रोजगारीको अवसर थप सृजना गर्न र मुलुकबाट गरिवी हटाउन लगानी बढाउन जोड दिने पनि उल्लेख गर्नु भयो । उहाँले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिक गर्न लागि पर्ने पनि दोहोर्याए ।

अध्यक्ष ओलीले अव बन्ने सरकार देश र जनताप्रति उत्तरदायी हुने पनि बताए ।
त्यसमा अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले मुलुकलाई समृद्ध बनाउने अध्यक्ष ओलीको सपना पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको