नेपाली जनप्रगतिशील मोर्चा युएईको चौंथो अधिबेशन सम्पन्न


पोष्टपाटी युएई-

नेपाली जनप्रगतिशील मोर्चा युएईको चौथो अधिवेशन सम्पन्न भएको छ । विगत लामो समयदेखि युएईमा रहेर नेपाली मजदुरहरुको पक्षमा क्रियाशील रहँदै आएको मोर्चाको अधिवेशन युएईको राजधानी अबुधाबी स्थित एस.एफ.सी. प्लसको हलमा सम्पन्न भएको हो । अधिबेशन उद्घाटनका लागि नेपालवाट नेपाल कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय ब्युरो अन्तर्गत मध्यपूर्व क्षेत्रको इन्चार्ज टेक बहादुर केसी (आजाद) युएई आएका थिए ।

अधिबेशनले मनोज काउचा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कमल पोखरेल, महासचिव केदार लम्साल, प्रथम सचिव प्रेमा सुब्बा, द्वितीय सचिव अर्जुन खड्का, कोषाध्यक्ष नारायण खनाल, सहकोषाध्यक्ष दमन्ता मगर, प्रवक्ता दिनेश नेपाल र केन्द्रीय सदस्यहरु कमल तामाङ, ओम पराजुली, कैलाश खाम मगर, ज्ञानु सुनुवार, थान प्रसाद डुम्रे, नेत्र कुमार लामा, पदम महत, प्रकाश वन्जाडे, बिकाश मगर, बुनु मगर,राजीव सुनुवार, सन्ध्या थापा, सविन खड्का, तिला परियार, शेर बहादुर खड्का, हरि कुँवर र नबिन अधिकारी रहेका छन् ।

त्यसैगरी शमर खत्रीको संयोजकत्वमा पृथीछक बुढा मगर, कवि गुरुङ, विष्णु भण्डारी, प्रहारसिंह तामाङ र पशुपति खड्का रहेको सल्लाहकार समिति गठन गरेको छ । अधिवेशनको अवसरमा सामना परिवारले विविध जनवादी  सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो भने बिभिन्न क्षेत्रमा रही सामाजिक काममा योगदान पुर्याएका बिभिन्न व्यक्तित्वहरुलाई प्रसंशा-पत्र पनि प्रदान गरेको थियो ।

अधिबेशनमा मोर्चाको तर्फवाट (२०१५-२०१७) का मोर्चाका महासचिव पृथीछक बुढा मगरले प्रस्तुत गरेका थिए । कार्यपत्रमा भनिएको छ, मोर्चाले यो दुई बर्षमा ४० वटा प्रवासका बिभिन्न मुद्दाहरु हेरेको छ । जसमा ३० वटा केशहरुलाई समाधान गर्न सफल भएको छ भने बाँकी १० वटा केश अझै प्रकृयामै रहेको छ । सुल्झन नसकेका ति बाँकी १० वटा केशहरुलाई यो आउने कार्यकालले पनि निरन्तर अघि बढाउने कुरामा बिश्वास व्यक्त गरिएको छ । निबेदन परेका ४० केश मध्ये २७ केश त दलाल र म्यानपावरवाट ठगिएकाहरुको निबेदन परेको थियो । यसमा पनि भिजिट भिसामा आएकाहरुको केश बढी छ । ९ वटा केश ठगीको छ र बाँकी केशहरु विभिन्न कारणले अलपत्र परेका नेपालीहरुको छ ।

नेपालवाट अधिबेशनको लागि युएई आएका मोर्चाका प्रमुख अतिथि टेक बहादुर केसी (आजाद)ले समसामयिक राजनीतिक घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा आफ्नो पार्टीको धारणा राखेका थिए । उनले बिभिन्न देशमा रहेका मोर्चाहरुले प्रवासी नेपालीहरुको सेवा गरिरहने कुरामा बिश्वास पनि व्यक्त गरे । मजदुरहरुको सवालमा मोर्चाले उठाएका मुद्दाहरुलाई विभागले जुनसुकै परिस्थितिमा पनि सहयोग गर्ने आफु बचनबद्ध रहेको पनि बताए ।

२ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको