युएईमा लोक दोहोरी प्रतिभा खोज-२०१७ को आइडल वने सीता स्मृती राई


सुरेन्द्र लामा, युएई- लोक दोहोरी प्रतिभा खोज-२०१७ फाइनल भएको छ । नेपाल कला सास्कृतिक मंच युएईले आयोजना गरेको कार्यक्रमको फाइनल आज इभरेष्ट इन्टरनेश्नलको हलमा सम्पन्न भएको छ । केही समय देखि विभिन्न चरणमा कलाकारहरुको प्रतिस्पर्धा हुँदै आएको थियो ।
विभिन्न प्रतिस्पर्धाहरुलाई उछिन्दै कमलको बुद्ध समुहवाट सीता स्मृती राईले लोक दोहोरी प्रतिभा खोज २०१७ को आइडल हात पारेकी हुन् । क्रमसः प्रथम- कमलको बुद्ध समुहवाट ‘सिता स्मृती राई’, द्वितीय – लाली गुरास समूहवाट,  टीका कडेल, तृतीय- कमलको बुद्ध समूहवाट सन्ध्या थापा, सान्त्वना- बाबुरामको डाँफे समूहवाट लक्षमण सुनुवार भने बाबुरामकै डाँफे समुहवाट तारा परियारले पाँचौं स्थान हाँसिल गरेका थिए ।
२०७४ मंसिर १,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको